काठमाडौंः नेपाल आयल निगमले आइतबार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको छ।
निगमले आइतबार एक सूचना जारी गर्दै आज मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई दुई रुपैयाँले बढाइएको छ। बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ पर्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया