असार २८, २०८२ शनिबार July 12, 2025

जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण, एक वर्षमा अपर तामाकोशीको शेयर मूल्य ६७९ रुपैयाँ वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दो अवस्थामा रहेको छ ।

सोही कारण अधिकांश जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको छ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर करीब एक वर्षमा ६७९ रुपैयाँले वृद्धि भएको छ । यो  समाचार तयार पार्दाको समय १: ११ बजेसम्ममा पहिलो पटक हालसम्मकै बढेर कम्पनीको प्रतिकित्ता शेयर मूल्य ९०० पुगेको छ ।

कम्पनीको शेयर मूल्य सन् २०२० मार्च १२ मा प्रतिकित्ता रू. २२१ रहेकोमा सन् २०२१ मार्च ५ अर्थात् चैत २३ गते सोमवार प्रतिकित्ता रू. ९०० पुगेको हो ।

उक्त अवधिसम्ममा कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ४१ प्रतिशतले वृद्धि भएर प्रतिक्रित्ता रू. ९०० पुगेको हो ।

उक्त अवधिसम्म कम्पनीको शेयर कारोबार सर्वाधिक दोस्रोमा रू. १९ करोड ३० लाख बरावरको शेयर खरीदविक्री भएको छ । विगत तीन महीनादेखि जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा वृद्धि हुँदै आएको छ ।

विद्युत् विक्री उत्पादन शुरु गर्न लागेको खवरहरु सार्वजनिक भएसँगै उक्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ  । कम्पनीले विद्युत् उत्पादन गरेपछि लाभांश वितरण गर्न सक्ने भन्दै लगानीकर्ताले लगानी बढाएकाले शेयर मूल्य बढेको हो । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया