असार २८, २०८२ शनिबार July 12, 2025

समता र घरेलु लघुवित्तबीच मर्जरपछी एकीकृत कारोबार सुरु हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरपछि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

गत पुस १४ गते सम्पन्न दुबै कम्पनीको वार्षिक साधारणसभाबाट कम्पनी मर्जरमा जाने निर्णय स्वीकृत गरेका थिए । सोहि निर्णयअनुसार राष्ट्र बैंकले यि दुबै वित्तीय संस्था एकआपसमा गाभिनका लागि गत चैत १० गते अन्तिम स्वीकृति दिएको थियो ।

दुबै कम्पनीले राष्ट्र बैंकको स्वीकृतीपछि निर्णय कार्यान्वयन गर्न आगामी  बैशाख २ गतेबाट दुबै कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन्  ।

नेपाल सरकार बाट “घ” वर्गको इजाजतपत्र प्राप्त दुवै संस्थाले मर्जरपछि समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने भएका छन्। संस्थाको रजिस्टर्ड कार्यालय काभ्रे स्थित बनेपामा रहने कम्पनीले जनाएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार एकीकृत कारोबार शुरु गरिनेहुँदा डाटा माइग्रेशनका लागि चैत ३१ गतेका दिन दुबै वित्तीय संस्थाहरुले प्रदान गर्दै आइरहेको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया