काठमाडौं: चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य २५ सय ७८ रुपैयाँ पुगेको छ ।
बुधबार (आज) शेयर बजारमा कारोवार सुरु भएको दोस्रो घण्टामै चन्द्रागिरी हिल्स लिमिटेड कम्पनीको शेयरमूल्य २ सय ३४ रुपैयाँले बढेर २५ सय ७८ रुपैयाँ पुगेको हो ।
आज कम्पनीको शेयर २४ सय ६१ रुपैयाँबाट कारोवार सुरु भएको थियो। आज कम्पनीको शेयर खरीद चाप उच्च हुँदा मूल्यमा उच्च वृद्धि देखिएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया