असार २९, २०८२ आइतबार July 13, 2025

क्यूआर कोडमार्फत हुने कारोबार बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा रु ३४ करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र रु ३४ करोड ३० लाख बढीको कारोबार भएको छ ।

गत माघमा रु एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा रु दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो । यसैगरी, गत माघ महिनामा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा छ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ । पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत रु १० अर्ब बढीको कारोबार भएको छ ।

कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ । माघमा मात्र रु एक खर्ब ७२ अर्ब चार करोड ६० लाख बढीको कारोबार भएको छ । गत माघमा रु एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र रु आठ अर्ब १७ करोड ६० लाख बढीको कारोबार भएको छ ।

यसैगरी माघमा मोबाइल बैकिङमार्फत रु ४० अर्ब ३५ करोड ९० लाख बढीको कारोबार भएको छ । गत माघमा रु ३८ अर्ब ५९ करोड बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङमार्फत एक करोड ८२ हजार पटक कारोबार भएको छ । इन्टरनेट बैंकिङमार्फत रु आठ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेटमार्फत रु १० अर्ब १८ करोड बढीको कारोबार भएको छ । गत माघमा वालेटमार्फत रु नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ ।

यसैगरी गत माघमा अनलाइन (इ–कमर्श) बाट रु ९३ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ । गत माघको तुलनामा इ–कमर्शको कारोबारमा रु दुई करोड ८० लाखले कमी आएको हो । इ–कमर्शबाट फागुनमा रु ९० करोड ४० लाख बराबरको कारोबार भएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार