असार २९, २०८२ आइतबार July 13, 2025

रुरु हाइड्रोको आइपिओ बाँडफाँट – झण्डै ३८ हजारले मात्र पाए दश कित्ता शेयर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान रुरु जलविद्युत् परियोजनाले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो ।

कम्पनीले गत चैत २० गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट रु दुई दुई करोड ३५ लाख ४६ हजार ४४० कित्ताको लागि आवेदन परेको थियो । आवेदन दिएकामध्येबाट योग्य कायम भएका १५ लाख ९० हजार ८९६ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ९१६ लगानीकर्ताले दश कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिनुभयो । रीतपूर्वक आवेदन दिएकामध्ये पनि १५ लाख ५२ हजार बढीको हात खाली भएको छ ।

प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको कम्पनीले अङ्कित मूल्यमा रु २० प्रिमियम थप गरेर प्रतिकित्ता रु १२० मा शेयर बिक्री गरिएको थियो । कम्पनीले चार लाख सात हजार ७०६ कित्ता आइपिओ सर्वसाधारणका लागि खुला गरेको थियो । यसमध्ये आठ हजार १५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।

यसअघि गत फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि चार लाख सात हजार ७०५ कित्ता शेयर निष्काशन गरेको थियो । आइपिओको नतीजा मेरो शेयर, सिडिएसले आइपिओ नतीजाको लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार