असार २९, २०८२ आइतबार July 13, 2025

१५ ओटा कम्पनीद्वारा ५ अर्ब ५५ करोड बराबरको आईपीओ निष्कासन गर्ने तयारी, कुन-कुन कम्पनीको कति कित्ता ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वि.सं २०७८ सालमा १५ ओटा कम्पनीको रू. ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५०० बराबरको ५ करोड ५५ लाख ४२ हजार ६८५ कित्ता आईपीओ आउने तयारीमा रहेको छ । यी १५ ओटै कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

१५ ओटा कम्पनीमध्ये ११ ओटा जलविद्युत् कम्पनी, दुई ओटा लघुवित्त कम्पनी र दुई ओटा अन्य समूहका कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।

१५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युतले १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो । यी १५ ओटै कम्पनीको आईपीओ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछन् ।

पछिल्लो समयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । छोटो समयमा नै थारै लगानीबाट आर्कषक प्रतिफल प्राप्त हुनाले पनि आईपीओ प्रति लगानीकर्ताको आकर्षण बढेको हो ।

पछिल्लो समय नेपालको पूँजीबजारको इतिहासमै सबैभन्दा ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । यस कम्पनीले आईपीओ निष्कासन गरेपछि डिम्याट खाताको संख्या ह्वात्तै बढेको छ ।

यस कम्पनीको आईपीओ १५ लाख लगानीकर्ताले भरेका थिए भने अहिले आईपीओ भर्ने मात्र लगानीकर्ता १७ लाखभन्दा बढी रहेका छन् । आजसम्म डिम्याट खाताको संख्या ३३ लाख ५३ हजार ५९ पुगेको छ । यो वर्ष १२ ओटा कम्पनीले ३१ करोड ९९ लाख १७ हजार ९६५ कित्ता आईपीओ निष्कासन गरेका छन् । अभियानबाट

आईपीओ निष्कासन गर्ने तयारी गरेका कम्पनीहरु : 


  स्रोत : नेपाल धितोपत्र बोर्ड (सेबोन)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार