असार २९, २०८२ आइतबार July 13, 2025

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा भारी मतले पविन्द्र श्रेष्ठ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा पविन्द्र कुमार श्रेष्ठ विजयी हुनुभएको छ । शनिबार सम्पन्न १६औं महाधिवेशनबाट संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

श्रेष्ठले अध्यक्षका अर्का प्रत्यासी वैकुण्ठनाथ मिश्रलाई १४१ मतान्तरले हराउँदै विजयी हुनुभएको हो । श्रेष्ठले ८०६ मत पाउँदा मिश्रले ६६५ मत प्राप्त गर्नुभयो । २३ मत भने बदर भएको छ । मतदानमा कुल १४९४ मत खसेको थियो ।

१४ औं महाधिवेशनमा अध्यक्षमा कृष्णराज पण्डितसंग पराजित श्रेष्ठले यो चुनावमा भने सहज जीत दर्ता गर्दै नेतृत्वमा जाने लामो इच्छा पूरा गर्नुभएको छ ।

संघको अध्यक्ष पदका लागि मात्रै शनिबार मतदान भएको थियो । संघको नयाँ नेतृत्वका लागि मतदानमार्फत नेतृत्व चयन भएको हो । एक जनाका पक्षमा सहमतिका लागि संघका पूर्वअध्यक्षहरुले गरेको अन्तिम प्रयास सफल हुन सकेको थिएन ।

अध्यक्ष बाहेकका अन्य सबै पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । प्रथम उपाध्यक्षमा इमकुमार मल्ल, द्वितीय उपाध्यक्षमा कुमार मल्ल र कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएका राजकुमार श्रेष्ठ (राकु), सुरेश पुरी र सुबोध अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि मल्ल सर्वसम्मत चयन हुनुभएको हो ।

त्यस्तै द्वितीय उपाध्यक्षमा उम्मेदवारी दिएका नेक मोहम्मद मिया र सुनिल श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिनुभयो। त्यस्तै कोषाध्यक्षमा महेन्द्र श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

संघको वस्तुगत सदस्यमा सुनचाँदी व्यवसायी समिति विजयी भएको छ । क्षेत्रीय होटल संघले उम्मेदवारी फिर्ता लिए पछि संघ सर्वसम्मत भएको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिनुभयो ।

अध्यक्षका प्रत्यासीमध्ये अर्जुन अधिकारीले अन्तिम समयमा उम्मेदवारी फिर्ता गर्नुभएको थियो । उहाँ बाहेक अन्य दुई प्रत्यासीले उम्मेदवारी फिर्ता लिनुभएको थिएन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार