असार २९, २०८२ आइतबार July 13, 2025

१३ फर्मका १६ सञ्चालक विरुद्ध उच्च अदालतमा मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः राजस्व अनुसन्धान विभागले २ अर्ब १९ करोड ८७ लाख भन्दा बढीको बिगो दाबीसहित १३ फर्मका १६ सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ ।
झुट्टा तथा नक्कली बिल प्रयोग गरी राजस्व ठगी गर्ने १३ फर्मका १६ सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको हो ।
१३ फर्मका सञ्चालकहरूले नक्कली बिल प्रयोग गरी मूल्य अभिवृद्धि करतर्फ ६४ करोड ५० लाख ९७ हजार ८७२ रुपैयाँ र आय करतर्फ १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ४४२ रुपैयाँ राजस्व चुहावट गरेको भनी विभागले मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
राजस्व छली गर्नेहरूमा अनिल गुप्ता, अनिल कुमार गुप्ता, प्रवीण कुमार महतो, अभिमन महतो कोइरी, अकल हजरा दुसाद, मुअन महरा, रामचन्द्र माझी,  भुलावन महरा चमार, दिपक कुमार कायस्थ, ओकिल देवान, सरोज श्रेष्ठ, सञ्जय श्रेष्ठ, बाणेश्वर महतो, सरोज ढकाल, राधेश्याम प्रसाद साह तेली, रत्न गोपाल श्रेष्ठले राजस्व ठगीको भन्दै विभागले मुद्दा दर्ता गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार