असार २९, २०८२ आइतबार July 13, 2025

माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डदंः आइतबार र सोमबार उच्च अङ्कले घटेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार भने ९२.४६ बिन्दुले बढेको छ । उच्च अङ्कले बढेको बजारमा माथिल्लो तामाकोशी र विशाल बजार कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

माथिल्लो तामाकोशी १० प्रतिशत र विशाल बजार कम्पनीको ९.९९ प्रतिशतले वृद्धि भयो । लगानीकर्ताले आजको वृद्धिलाई ‘बाउन्स ब्याक’ को संज्ञा दिएका छन् । नेप्से दुई हजार ५९९.०७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.४८ अङ्कले वृद्धि भई ४६७.२८ मा पुगेको छ ।

कूल २१६ कम्पनीको एक करोड दुई लाख दुई हजार २१९ कित्ता शेयर रु पाँच अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ मूल्यमा खरिद बिक्री भए । जीवन बीमा ५५८.६३, निर्जीवन बीमा उपसमूह ५४३.२७ अङ्कले वृद्धि हुँदा कारोवार भएका सबै १३ उपसमूहको शेयरमा नै वृद्धि भयो । कारोवारका आधारमा माथिल्लो तामाकोशी, नेपाल पूर्वाधार बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र छिमेक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रह्यो ।

महिला लघुवित्त ९.८९, युनाइटेड इन्स्योरेन्स ९.८९ र समिट लघुवित्तका लगानीकर्ताले ९.७५ प्रतिशतले कमाए । आइसिएफसी फाइनान्सको ऋणपत्र १.९४, ग्लोबल आइएमई बैंकको ऋणपत्र १.८७, एसबिएल ऋणपत्र १.७५ र एनआइबिएल समृद्धि फण्डका लगानीकर्ताले  १.११ प्रतिशतले गुमाए ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार