असार २९, २०८२ आइतबार July 13, 2025

खाद्य कम्पनीको गहुँ खरीद कार्य प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गहुँ खरीद कार्य प्रभावित भएको छ । हाल कतिपय जिल्लामा निषेधाज्ञा र केही ठाउँमा सरकारले तोकेको समर्थन मूल्यभन्दा बजार मूल्य बढी भएकाले गहुँ खरीद कार्य प्रभावित भएको हो ।

कम्पनीले यस वर्ष १५ करोड ५८ लाख रुपैयाँ विनियोजन गर्दै ५ हजार मेट्रिकटन गहुँ खरीद गर्ने लक्ष्यसहित बर्दियाको राजापुर र कैलालीको धनगढीबाट खरीद थालेको थियो । हाल ती जिल्लामा निषेधाज्ञा रहेकाले खरीदमा समस्या भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । त्यसैगरी नेपालगञ्जमा कम्पनीका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि खरीद शुरू हुन सकेको छैन ।

यसबाहेक जनकपुर, विराटनगर, वीरगञ्ज, लहान लगायत स्थानमा कम्पनीले उपलब्ध गराएको मूल्यभन्दा बजार मूल्य बढी भएकाले किसानले कम्पनीलाई गहुँ नबेचेर व्यापारीलाई बेच्ने गरेका छन् । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १ सय ११ रुपैयाँ तोकेको छ । सरकारले तोकेको समर्थन मूल्यभन्दा बजार मूल्य बढी हुनुले किसान फाइदामा छन्, जुन सकारात्मक पक्ष भएको कम्पनीले बताएको छ । महामारीको प्रकोप सामान्य हुनासाथ कम्पनीले गहुँ खरीद अघि बढाउने सूचना अधिकारी न्यौपानेको भनाइ छ ।

कम्पनीले हालसम्म राजापुर र धनगढीबाट करीब ९ हजार ५ सय क्वीन्टल गहुँ खरीद गरिसकेको छ । महामारीका कारण खरीद केही समयका लागि रोक्नुपरे पनि कम्पनीको खरीद केन्द्रसम्म आएर वा फोनमार्फत किसानले गहुँ बेच्न नाम टिपाउने काम भइरहेको बताइएको छ ।

अहिले नाम टिपाएका किसानको गहुँ अवस्था सामान्य भएसँगै खरीद गरिने कम्पनीको राजापुर खरीद केन्द्रका प्रमुख धर्मराज पन्तले बताए । राजापुरमा १० हजार क्वीन्टल खरीदको जिम्मेवारी पाएको भए पनि भण्डारण क्षमताको अभावले लक्ष्य अनुसार खरीद गर्न नसकिने उनको भनाइ छ । आर्थिक अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार