असार २६, २०८२ बिहिबार July 10, 2025

एक सातामै २ सय २३ को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन् ।

पछिल्लो साताको संक्रमण दर विश्लेषण गर्दा प्रत्येक तीन जनाको कोरोना परीक्षण क्रममा एकमा संक्रमण देखिने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ४३ हजार ६ सय ३४ जनामा संक्रमण देखिएको छ । १ लाख १० हजार ४ सय ९३ जनाको कोरोना परीक्षण क्रममा ४३ हजार ६ सय ३४ मा संक्रमण देखिएको हो ।

गम्भीर प्रकृतिका संक्रमित संख्या बढ्दो क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय १६ आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा छन् ।

देशभर मंगलबार १ हजार ७ सय ७५ जना डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८७ हजार ७ सय ९० संक्रमित निको भइसकेका छन् । गम्भीर प्रकृतिका संक्रमित संख्या बढ्दो क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय १६ आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा छन् ।

प्रदेश १ मा ९३ आईसीयू र १८ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र दुई जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ३ सय २५ आईसीयू र १ सय २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा ४४ जना आईसीयू र दुई जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयू र १६ जना भेन्टिलेटर, कर्णालीमा ३२ जना आईसीयू र सात जना भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयू र १० जना भेन्टिलेटरमा छन् ।

काठमाडौं उपत्यकाको अस्पतालमा १ सय ९४ संक्रमित आईसीयू र ७७ जना भेन्टिलेटर र १ हजार २ सय १७ जना आइसोलेसनमा छन् । राजधानी दैनिकबााट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार