असार २९, २०८२ आइतबार July 13, 2025

कोरोना कहरः मध्य भोटेकोशीको आईपिओ स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्य भोटेकोशी जलविद्युत कम्पनी आईपिओ तत्कालको लागि स्थगित हुने भएको छ । कम्पनी आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई निष्काशन गरेको आईपिओ तत्कालको लागि स्थगित हुने भएको हो ।

सिन्धुपाल्चोक जिल्लामा निषेधाज्ञा लागु भएपछि हालको लागि आईपिओ निष्काशन प्रक्रिया स्थगित गर्ने तयारी भएको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार कम्पनीले जिल्लामा निषेधाज्ञा भएकोले आईपिओ स्थगित गर्नको लागि पत्राचार गरेको छ ।

अब नेपाल धितोपत्र बोर्डको अनुमति लिएर आईपिओ स्थगनको सूचना प्रकाशन हुने क्यापिटलले जनाएको छ । धितोपत्र बोर्डसंगको छलफलपछि यसबारेको औपचारिक सूचना प्रकाशन हुने छ ।

कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार