असार २६, २०८२ बिहिबार July 10, 2025

ओलीलाई असफल पार्न देउवा-दाहालबीच यस्तो सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ । उनीहरूले ओली नेतृत्व सरकारको विकल्प खोज्ने सहमतिसहित त्यसका लागि प्रतिनिधिसभामा बहुमत जुटाउन आआफ्नो तर्फबाट प्रयास गर्ने भएका छन् ।

ओलीको पक्षमा बहुमत पनि नपुग्ने र अर्को सरकार गठनका लागि बहुमत नजुटे संवैधानिक प्रक्रियाअनुसार नै मुलुक निर्वाचनमा जानसक्ने विषयमा पनि उनीहरूबीच कुरा भएको स्रोतको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल देउवालाई भेट्न शुक्रबार उनकै निवास पुगेका थिए ।

ओली विश्वासको मत लिनभन्दा पनि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त हुने रणनीतिमा रहेको विषयमा समेत दुई नेताबीच कुरा भएको स्रोतको दाबी छ ।

त्यही अनुसार लुम्बिनी प्रदेशमा ट्रायल गरेको विश्लेषण भइरहेका बेला जनता समाजवादी पार्टीको समर्थन पाउने अवस्थामा ओलीले प्रधानमन्त्रीमा आफूलाई पुनर्नियुक्ति गरेर दुई वर्षका लागि पद सुनिश्चित गर्ने रणनीतिमा रहेको कांग्रेस नेताहरूको बुझाइ छ । नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार