असार २९, २०८२ आइतबार July 13, 2025

२९ प्रतिशत खाता अझै निष्क्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मुलुकभर बैंक तथा वित्तीय संस्थाहरूको पहुँच क्रमशः वृद्धि भएसँगै ग्राहकको संख्या बढ्दै गए पनि निष्क्रिय खाताको संख्या पनि बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुनसम्ममा बैंक तथा वित्तीय संस्थामार्फत करीब ३ करोड २ लाख ९४ हजार खाता खोलिएका तथा दर्ता भएका छन् । तर, खाता खोलिएकामध्ये ७१ प्रतिशत मात्रै सक्रिय रूपमा सञ्चालनमा रहेका छन् बाँकी २९ प्रतिशत खाता निष्क्रिय छन् ।

कुल खाता संख्याको २ करोड १६ लाख १२ हजार खाता सक्रिय छ भने ८६ लाख ८२ हजार खाता निष्क्रिय रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । एउटै ग्राहकले ३–४ बैंकमा खाता खोल्ने तर कुनै एकदुई खाताबाट मात्रै कारोबार गर्ने गरेको पाइन्छ ।

त्यसैले खाता निष्क्रिय हुने गरेको बैंकरहरू बताउँछन् । विशेष गरेर यो प्रवृत्ति शहरी क्षेत्रमा धेरै हुने गरेको छ । राष्ट्र बैंकका अनुसार नेपालको कुल जनसंख्या २ करोड ७१ लख ५९ हजार २ सय ८० रहेकामा ८० प्रतिशत जनसंख्याको खाता सक्रिय रहेको छ । ग्राहकको बैंक खाता धेरै संस्थामा भएकाले अधिकांश खाता निष्क्रिय रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।

नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङमा जोड दिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले यसलाई सक्दो प्रयोगमा ल्याएका छन् । कोभिडका कारण गएको १ वर्षदेखि यसको महत्त्व थप बढेको छ र कारोबार पनि बढेको बैंकरहरू बताउँछन् । तर, खाता खोलेर सुविधा लिएका सबै ग्राहकले अझै निरन्तर प्रयोग भने गरेको देखिँदैनन् ।

फागुनसम्मको तथ्यांकमा इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्डका ग्राहकको तुलनामा मोबाइल बैंकिङका ग्राहक अधिक छन् । आर्थिक अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार