काठमाडौंः चालू आर्थिक वर्ष (आव) मा ३३ ओटा प्रसारण लाइनसम्बन्धी आयोजनाले सर्वेक्षणको अनुमति पाएका छन् । विद्युत् विकास विभागबाट प्राप्त वैशाख तेस्रो हप्तासम्म तथ्यांकले यस्तो देखाएको हो ।
नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय ग्रीड कम्पनीलगायत प्रवर्द्धकहरूले आयोजना बनाउने गरी विद्युत् विकास विभागबाट सर्वेक्षणको अनुमति पाएका हुन् । विभागका महानिर्देशक नवीनराज सिंहले चालू आवमा ३३ ओटा प्रसारण लाइनले सर्वेक्षणको अनुमति पाएको बताए ।
नेपालमा विद्युत् प्राधिकरण र राष्ट्रिय ग्रीड कम्पनीले व्यावसायिक रूपमा नै ठूलाठूला प्रसारण लाइन निर्माण गर्छन् । त्यस्तै विद्युत् उत्पादकहरूले विद्युत् गृहबाट नजिकको सबस्टेशनसम्म प्रसारण लाइन बनाउँदै आएका छन् । यसका लागि विद्युत् विभागबाट नै अनुमति लिनुपर्ने हुन्छ । आर्थिक अभियान दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया