असार २६, २०८२ बिहिबार July 10, 2025

केन्द्रीय कोभिड अस्पताल घोषित वीरकै बेहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले बिहीबार बिहानै फेसबुकमा अक्सिजन अभावको स्टाटस लेखे- ‘अक्सिजनको चरम अभाव रातभर त थामियो, अब गाह्रो भयो । ट्रमा सेन्टरमा १ सय ५ जना बिरामी छन् । कृपया सहयोग चाहियो ।’अस्प

तालमा बिहीबार ६ जनाले ज्यान गुमाए । ट्रमामा लिक्विड अक्सिजनको सिलिन्डर छ तर बुधबारै अक्सिजन सकिएपछि सिलिन्डरको भर पर्नुपरेको थियो । ‘रातभरि अक्सिजन खोज्यौं, पर्याप्त पाउन सकेनौं,’ पौडेलले भने, ‘सबै निकायका पदाधिकारीलाई जानकारी गराए पनि केही उपाय नभएपछि सर्वसाधारणलाई अक्सिजन दिएर सहयोग गर्न अपिल गर्नुपरेको हो ।’ अपिलअनुसार केही सिलिन्डर सहयोगसमेत पाएको र भर्ना भएका बिरामीलाई बिहीबार दिनभरि पनि अक्सिजन जोहो गर्नुपरेको उनले बताए ।

अक्सिजन पर्याप्त नहुँदा हाइफ्लोमा दिन सम्भव नभएको उनले जानकारी दिए । धेरैजसो संक्रमितको मृत्यु हाइफ्लो अक्सिजन दिन नसक्दा भएको उनले बताए । यो अस्पतालमा दिनभरि मृत्यु भएकाको सम्झनामा ट्वीट गर्दै उनले लेखेका छन्, ‘पीडा छ हजुर, जीवनमा डाक्टर भएँ ।

मानव जीवनलाई माया गरें । आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु । मजस्तै जीवनहरू तिमीहरूलाई बचाउन सकिनँ, माफ गर । हार्दिक श्रद्धाञ्जली प्रिय जीवनहरू ।’ हाइफ्लोको अक्सिजन दिन नसक्दा गम्भीर भएका बिरामीलाई बचाउन गाह्रो भइरहेको उनले बताए । ‘अहिले त कसरी हुन्छ, अक्सिजन जोहो मात्रै गर्नुपरेको छ,’ उनले भने । ट्रमासँगैको वीर अस्पतालमा पनि बिहीबार १२ जनाको मृत्यु भएको छ । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार