असार २९, २०८२ आइतबार July 13, 2025

सीईडीबी हाइड्रोको आईपीओ बाँडफाँड – २ लाख ३४ हजार १९५ जनामात्र भाग्यमानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सीईडीबी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड भएको छ ।

कम्पनीको बिक्री प्रवन्धक सनराइज क्यापिटलले शुक्रबार भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँड गरेको बताएको छ । १६ लाख ८५ हजार ६२७ जना योग्य अवेदकमध्ये २ लाख ३४ हजार १९५ जनालाई १० कित्ताका दरले आईपीओ परेको सनराइज क्यापिटलले जनाएको छ ।

यसैगरी, बाँडफाँड भएको कित्ताबाट रहन आएको ४ सय कित्तालाई कम्पनीले १० कित्ताभन्दा माथि भर्ने आवेदकलाई थप १/१ कित्ताका दरले दिइएको छ । ४ हजार ४४२ जना आवेदन भने अयोग्य ठहरिएको थियो । आईपीओको नतिजा सनराइज क्यापिटलको वेबसाइट र मेरो सेयरबाट हेर्न सकिने बताइएको छ ।

सीईडीबीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार