असार २९, २०८२ आइतबार July 13, 2025

‘कोरोनाबाट बच्न घरबाटै डिजिटल कारोबार गरौं’- बैंकसं संघ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले सम्भव भएसम्म डिजिटल बैंकिङ सेवा बढीभन्दा बढी प्रयोगमा जोड दिन थालेका छन् ।

सरकारले कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएकाे छ ।

निषेधाज्ञाको समयमा आर्थिक कारोबार घरबाटै गर्न गराउन नेपाल राष्ट्र बैंक, नेपाल बैंकसं संघलगायतले आग्रह गरिरहेका छन् ।

कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि उनीहरूले डिजिटल बैंकिङका सेवाबाटै हुने कामका लागि बैंकमा नआउन आग्रह गरेका छन् ।

यसका लागि गत बिहीबार एक सूचना जारी गर्दै बैंकसर्स संघले अब बैंकबाट खातामा रहेकाे रकम निकाल्न, ५० हजारभन्दा माथिकाे रकम मात्र डिपाेजिट गर्न, रकम स्थानान्तरण (चेक/आईपीएस/ आरटीजीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित सेवा मात्रै लिन सकिन्छ ।

यसकारण सकेसम्म डिजिटल बैंकिङ र भुक्तानी सेवाकाे प्रयाेगमा जाेड दिन सके काेभिड १९ बाट सुरक्षित हुन सकिने विश्वास गरिएकाे छ ।

साथै बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले पनि कम्पनीहरूको कार्यप्रणाली सम्भव भएसम्म अनलाइनमार्फत गर्न आग्रह गरेकाे छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई निषेधाज्ञा अवधिभर अनलाइनमार्फत बीमालेख जारी गर्न समितिले निर्देशन दिएको हाे । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार