काठमाडौंः अचेल कोरोना भाइरसको संक्रमण यसकारण पनि बढी खतरनाक मानिएको छ, किनभने यसको सिम्पटम्स अर्थात लक्षणहरु नै देखिरहेको छैन । यद्यपि, यसको एउटा लक्षण भने अहिले पनि यसलाई पहिचान गर्नका लागि निकै प्रभावकारी सावित भैरहेको छ । त्यो हो शरीरमा अक्सिजनको कमी हुनु ।
त्यो त शरीरमा अक्सिजनको कमि भनेको कोरोना मात्रै होइन, अन्य विभिन्न रोगहरुको पनि संकेत हो । शरीरमा अक्सिजनको स्तर कम भयो भने सबैभन्दा खतरनाक प्रभाव हाम्रो इम्यूनिटी अर्थात रोग प्रतिरोधक क्षमतामा पर्दछ ।
यस्तो स्थितिमा कुनै पनि भाइरस अथवा ब्याक्टेरिया हाम्रो शरीरमा हावी हुन सक्छ । शरीरले उर्जाको निर्माण गर्न सकेन भने अचानक हामीलाई कमजोरी महसूस हुन थाल्छ ।
यो लेखमा हामीले शरीरमा अक्सिजनको कमी भएको कुराको लक्षणहरुको पहिचान गर्ने बारेमा चर्चा गर्दैछौं, ताकि केवल कोरोना मात्रै होइन, अन्य बिरामीहरुको खतरालाई पनि समयमै पहिचान गर्न सकियोस् ।
शरीरमा अक्सिजनको कमी रोगको संकेत हो ?
अहिलेको कोरोना भाइरसको कुरा गर्नु पर्दा शरीरमा अक्सिजनको कमीले फोक्सोले सही तरिकाले काम गरिरहेको छैन भन्ने कुराको संकेत दिन्छ । कोरोनाको संक्रमणले फोक्सो बिगार्छ भन्ने कुरा हामी सबैलाई थाहा नै छ ।
जुन मानिसलाई आस्थमा (दम) को समस्या हुन्छ, उनीहरुलाई अस्थमा अट्याक हुँदा पनि शरीरमा अक्सिजनको कमी हुन्छ । यदि शरीरमा अक्सिजनको मात्रा धेरै कम भएको छ भने ब्रेन ड्यामेज र हृदयघातको स्थिति बन्छ ।
मधुमेहका विरामीमा यदि अक्सिजनको कमी भयो भने उनीहरुको शुगर अचानक अत्याधिक बढ्न सक्छ, जसले घातक स्थिति पैदा गर्न सक्छ । अक्सिजनको स्तर अचानक धेरै कम हुँदा शरीरमा थाइराइड हार्मोन्सको सन्तुलन गडबड हुन्छ ।
उक्त हार्मोन धेरै बढ्ने अथवा घट्ने हुन सक्छ, जसका कारण हाइपोथायराइडिज्मको समस्या हुन सक्छ ।
शरीरमा कति मात्रामा हुनुपर्छ अक्सिजन ?
शरीरमा अक्सिजनको स्तरले के बताउँछ भने कति अक्सिजन हाम्रो रगतको माध्यमबाट पुरै शरीरमा सर्कुलेट भैरहेको छ । अक्सिजनलाई पुरै शरीरमा क्यारी गर्ने काम रेड ब्लड सेल्सले गर्छ, त्यसले फोक्सोबाट अक्सिजन लिन्छ र त्यसलाई शरीरको हरेक कोशिकासम्म पुर्याउँछ ।
सेल्समा उर्जा उत्पादन गर्नका लागि अक्सिजनको आवश्यकता पर्दछ । जबसम्म शरीरमा अक्सिजनको स्तर सामान्य हुन्छ, तबसम्म हाम्रो शरीर तन्दुरुस्त हुन्छ ।
ब्लड अक्सिजन लेभलको सामान्य स्तर ७५ देखि एक सय मिलीमिटर हुन्छ । जब अक्सिजनको स्तर ६० मिलीमिटरभन्दा कम हुन्छ, तब यसले खतराको संकेत गरेको हो भन्नु बुझ्नु पर्छ ।
त्यस्ता व्यक्तिलाई तुरुन्त अक्सिजन सप्लिमेन्टको आवश्यकता पर्न सक्छ । शरीरमा अक्सिजनको कमीलाई हाइपोएक्सेमिया भनिन्छ । शरीरमा अक्सिजनको स्तरलाई मापन गर्ने दुई प्रचलित तरिकाहरु छन् ।
सबैभन्दा सजिलो तरिका भनेको पल्स अक्सिमीटरको सहयोगले यसको स्तर जाँच्नु नै हो । तर, एक्युरेट परिणामको लागि आर्टिरियल बल्ड ग्यास अर्थात एजीबी परीक्षण गरिन्छ ।
एबीजीमा सामान्यतया नाडी नजिकैबाट रगतको नमूना लिएर प्रयोगशालामा परीक्षण गरिन्छ । यसको नतिजा एकदम सही हुन्छ ।
पल्स अक्सीमीटरको प्रयोग सजिलो र सरल भए पनि त्यसको नतिजाको एक्युरेसीमा धेरै विश्वास गर्न सकिंदैन । यसमा लागि हातका औंलामा एउटा सानो डिभाइस लगाइन्छ, जसले व्यक्तिको पल्सको आधारमा शरीरमा अक्सिजनको मात्रा बताउँछ । घरहरुमा प्रयोग गर्नका लागि यो एउटा राम्रो र उपयोगी डिभाइस हो ।
अक्सिजनको स्तर कम भैरहेको कसरी थाहा पाउने ?
शरीरका सबै प्रकृयाहरुलाई सुचारु गर्नका लागि हामीलाई ७० देखि १०० मिलिमिटर अक्सिजनको आवश्यकता पर्छ भन्ने कुरा त सबैलाई थाहै छ । जब यसको स्तर तल झर्छ, तब शरीरको नियमित क्रियाहरुमा अवरोध पैदा हुन्छ, जसको सबैभन्दा पहिलो असर थकानको रुपमा देखिन्छ । सास फेर्न गाह्रो हुन थाल्छ ।
केही मानिसहरुलाई स्वाँ–स्वाँ हुन थाल्छ । शरीरमा रगतको प्रवाह सुस्त हुन थाल्छ, जसका कारणले छटपटि तथा आत्तिने क्रम बढ्न थाल्छ । यस्तो स्थितिमा मुटुको धड्कन असामान्य रुपले बढ्छ ।
अत्यधिक टाउको दुखाइ, छाती दुखाइ, दृष्टिमा समस्या, रिंगटा, शरीर लड्खडाउने जस्ता अन्य लक्षणहरुले पनि शरीरमा अक्सिजनको कमी भएको संकेत गर्दछन् ।
शरीरमा अक्सीजनको कमीको कारण
रगतमा अक्सीजनको स्तर अचानक कम हुनुको कारण हावामा अक्सीजन कम हुनाले पनि हुन सक्छ । फोक्सोले सही तरिकाले काम नगर्दा पनि यस्तो समस्या हुन सक्छ ।
यदि फोक्सोसम्म रगत सञ्चालन राम्रोसंग हुन सकेन भने शरीरमा अक्सिजनको कमी हुन्छ । जुन मानिसले शारीरिक गतिविधि गर्दैन, उनीहरुको शरीरमा पनि अक्सीजनको स्तर कम हुन्छ ।
शरीरमा अक्सिजन कमीको सम्बन्ध हाम्रो खानपानसंग पनि हुन्छ । यदि तपाईंको भोजन सही छैन भने पनि तपाईं खतरामा पर्न सक्नु हुन्छ ।
विशेष गरेर तपाईंको खानामा आइरनको मात्रा कम भयो भने रगतमा अक्सिजनको मात्रा कम हुन्छ । आइरन रातो रगत कोशिकाको एउट प्रमुख घटक हो ।
यसका साथै फोक्सोसहित शरीमा अक्सिजनको प्रवाह गर्नमा रातो रगत कोषिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । एजेन्सीबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया