असार २६, २०८२ बिहिबार July 10, 2025

उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र तयार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ ।

उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना सङ्क्रमित राख्न सकिने आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवन, नागार्जुन नगरपालिकाको सीतापाइलामा रहेको सहरी विकास विभागको भवन र चन्द्रागिरि नगरपालिकाको दहचोकमा एकीकृत आइसोलेसन सेन्टर सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका फोरमले जानकारी दिएको छ ।

टोखा नगरपालिकाको सामाखुसीस्थित राधास्वामीको भवनमा एकीकृत आइसोलेसन सेन्टर भने गत शुक्रबारदेखि सञ्चालनमा आइसकेको छ ।

उपत्यकाका १८ वटा नगरपालिकालाई पायक पर्ने चार स्थानमा ठूला प्रकृतिका आइसोलेसन सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ससाना आइसोलेसन केन्द्र सञ्चालन गर्दा पर्याप्त जनशक्ति र स्वास्थ्य पूर्वाधार अभाव हुने, साथै बिरामी जोखिममा पर्ने भएकाले कम क्षमताका आइसोलेसन केन्द्र सञ्चालन नगर्न सरोकारवालालाई आग्रह गरेको थियो ।

मन्त्रालयको यो आग्रहसँगै फोरमले धेरै बिरामी अट्ने क्षमताका एकीकृत आइसोलेसन केन्द्र सञ्चालन गर्न लागेको हो ।

देशभर रहेका एक लाखभन्दा बढी सक्रिय सङ्क्रमितको आधा सङ्ख्या उपत्यकामै छ । गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार