असार २६, २०८२ बिहिबार July 10, 2025

किराना पसलसमेत खोल्न नपाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपत्यकामा जारी निषेधाज्ञा एक साता थपसहित किराना पसलसमेत खोल्न नपाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रमुख अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

जारी एक साता थपसँगै उपत्यकामा अब आगामी २० जेठसम्म निषेधाज्ञा कायम हुनेछ । काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत खोल्न पाइनेछैन ।

कोरोना संक्रमण दर कम नभएपछि यस्तो निर्णय गर्न बाध्य भएको उनले जानकारी दिए । ‘जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय भयो, अब किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइनेछैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले  भने ।

तरकारी तथा दुधजन्य पदार्थ, फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने सञ्चालनमा रोक लगाएको छैन । यस्ता पसल बिहान ९ बजेसम्म खोल्न पाइनेछ । कोरोना दोस्रो लहरको संक्रमण बढ्दै गएपछि काठमाडौंसहित भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनै जिल्लामा गत १६ वैशाखदेखि निषेधाज्ञा जारी छ ।

यसअघि, गत ३० वैशाखमा निषेधाज्ञा थप गर्दै दुई साता र त्यसअघि २२ वैशाखमा एक साता थप गरिएको थियो । पछिल्लोपटक थप निषेधाज्ञा १३ जेठससम्म तोकिएको हो । पछिल्लोपटक सरकारले कोभिड–१९ अध्यादेश २०७८ ल्याएपछि प्रशासनले निषेधाज्ञा कार्यान्वयनमा थप कडाइसमेत गरेको छ ।

अध्यादेशअनुसार अनुमतिबिना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्न सक्ने उल्लेख छ । अनुमतिबिना सवारी चलाएको भेटिए दुईपांग्रेलाई २ हजार र अन्य सवारीसाधनलाई ५ हजारसम्म जरिमाना लिन सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा उल्लेख छ ।

निषेधाज्ञा व्यक्तिले उल्लंघन गरेमा प्रमुख जिल्ला अधिकारीले तत्काल १ लाख रुपैयाँसम्मा जरिमाना गर्न सक्नेछन् भने संस्थाले उल्लंघन गरेमा ५ लाख रुपैयाँ जरिमाना गराउन सक्नेछन् ।

त्यस्तै, मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पटकैपिच्छे सय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा उल्लेख छ । हिँडडुलमा रोक लगाएको अवस्थामा बिनाकाम निस्किनेलाई २ सय रुपैयाँ जरिमाना गराउन सकिनेछ ।

यसैगरी, खोल्न छुट नदिइएका व्यवसाय खोलेको पाइए प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि ‘सिल’ गराउन सक्नेसम्मको अधिकार अध्यादेशले दिएको छ । यसबाहेक अध्यादेशबमोजिम जारी मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद र ३ लाख रुपैयाँसम्म जरिमाना गर्न सक्नेछ ।राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार