असार २६, २०८२ बिहिबार July 10, 2025

कालीमाटी तरकारी बजार भित्रिने सवारी साधनमा जोर–विजोर प्रणाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः देशकै ठूलो परिणाममा तरकारी भित्रिने बजार कालीमाटीमा भित्रिने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निषेधाज्ञाको समयावधिभर बजारमा भीडभाड नहोस् भनेर मङ्गलबारदेखि बजार प्रवेश गर्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लगानी गरेको हो ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले निषेधाज्ञाको समयमा पनि बजारमा भीड कम नभएपछि कालीमाटी बजार विकास समितिले ढुवानीका गाडीमा जोर–बिजोर प्रणाली लागू गरेको जानकारी दिए ।

बजारमा तरकारी खरिद गर्न आउने सवारी साधनका कारण हुने भीडभाडलाई कम गर्नका लागि जोर–बिजोर प्रणाली लागू गरिएको श्रेष्ठले जानकारी दिए ।

बजारमा जोर–बिजोर लागू भएसँगै भीडभाड केही घटेको उनको भनाइ छ । उनका अनुसार जोर बारमा जोर नम्बरका गाडी र बिजोर बार बिजोर नम्बरका सवारी साधन चल्नेछन् । यो नियम कालीमाटीमा भित्रिएको तरकारी खरिद गर्न आउने सवारी साधनमा मात्रै लागू हुनेछ ।

कालीमाटी बजारमा तरकारी लिएर भित्रिने सवारी साधनमा भने यो नियम लागू नहुने समितिले स्पष्ट पारेको छ ।

समितिका अनुसार कालीमाटीमा तरकारी लिन जाने पाउने सवारीहरू बिहान ८ः०० बजेभित्र बजार प्रवेश गरिसक्नु पर्नेछ, त्यसपछि प्रवेश गर्न पाइने छैन । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार