असार २६, २०८२ बिहिबार July 10, 2025

काँग्रेस महाधिवेशन अनिश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् ।

उनले बिहीबार नेपाल प्रेस युनियन स्थापना दिवसका अवसरमा आयोजित ‘भर्चुअल’ कार्यक्रममार्फत विकल्प देखाएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा अनलाइन प्रणालीमा आएका क्रियाशील सदस्यबाट छानबिन गरेर (विवाद भएका बाहेक)मात्रै महाधिवेश गर्न सकिने वा १३औं महाधिवेशनमा छानिएका पुराना प्रतिनिधिबाटै भए पनि एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्न सकिने प्रस्ताव पौडेलले गरेका हुन् ।

‘पार्टी महाधिवेशन नभएको धेरै भयो, वैधानिकताको पनि प्रश्न छ, महाधिवेशन गर्नै पर्छ, कि त टुंगिएका सदस्यबाट महाधिवेशन गरौं,’ उनले भने, ‘कि १३औं महाधिवेशनकै प्रतिनिधि सहभागी गराएर एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गराऔं ।’

पौडेलको धारणापछि सभापति शेरबहादुर देउवाले आफूलाई महाधिवेशन टार्ने रहर नभएको भन्दै सबै विकल्पमा बसेर खुला छलफल गर्न तयार रहेको बताए । ‘बसेर छलफल गरौं, मलाई पनि महाधिवेशन गर्न मन छ, टार्न खोजेको होइन, कोभिड आयो त के गर्ने देउवाले भने, ‘सबै साथी समेटेर महाधिवेशन गरौं, पुराना मात्र समेट्दा नयाँ रिसाउँछन्, छलफल गरौं, कसैलाई बाइपास गर्ने कुरा छैन, अनलाइनबाट पनि सकिन्छ होला ।’ देउवाले महाधिवेशनबारे आफू प्रस्ट रहेको भन्दै आफ्नो प्रजातन्त्रप्रतिको निष्ठामाथि प्रश्न नउठाउन नेता पौडेललाई आग्रह गरे ।

‘म पनि प्रजातन्त्रका लागि लडेको हुँ, प्रजातन्त्रकाविरुद्ध जान्छु होला र उनले पौडेलतिर औंल्याउँदै थपे, ‘म पनि तपाईंसँगै जेलमा परेको मान्छे हो, प्रजातान्त्रिक पद्धतिमा प्रतिबद्ध छु ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सूचना तथा प्रचार विभागले महाधिवेशनमा प्रविधि प्रयोगबारे तयारी गरिरहेको जानकारी दिए ।

कांग्रेसले हालसम्म नवीकरण र क्रियाशील गरी करिब ८ लाख सदस्यता वितरण गरेको छ । केही जिल्लामा विवादका कारण सदस्याको काम नै हुन सकेको छैन । सिन्धुपाल्चोकमा समायोजनकै काम हुन सकेको छैन भने समायोजन भएका सप्तरी, बारा र सिराहाको विवाद कायमै छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार