असार २६, २०८२ बिहिबार July 10, 2025

सरकारमा सहभागी हुन सबै दललाई प्रधानमन्त्रीको आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनका लागि सबै दलहरू सरकारमा सहभागी हुन आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै परिणामलाई होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्‍न गरिने विश्वास व्यक्त गरे । उनले भने, “निर्वाचनप्रति मनमा कुनै शङ्‍का छ भने फेरि भन्‍न चाहन्छु– आउनुहोस्, निर्वाचनका लागि सबै दलहरू सरकारमा सहभागी बन्‍नुहोस् ।”

उनले राजनीतिक स्थायित्वको केन्द्रबिन्दु राष्‍ट्र र जनताको हितको संरक्षण एवं सम्बद्र्धन भएकाले जनताको हित हुने प्रत्याभूतिसहितको राजनीतिक स्थायित्वका पक्षमा आफूहरू रहेको स्पष्ट गरे ।

ताजा जनादेशमा जानु प्रतिगमन नभएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले जनतालाई दलहरूबारे मूल्याङ्‍कनको मौका दिनु र आवधिक निर्वाचनमार्फत जनताले विश्‍वास गरेको दललाई सरकार चलाउन जनादेश प्राप्‍त हुनु लोकतन्त्रको विशेषता भएको स्पष्ट पारे । – गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया