असार २६, २०८२ बिहिबार July 10, 2025

कोरोनामा मौका छोप्दै कालो ढुसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ । फंगसले निम्त्याउने कालो ढुसी (म्युकरमाइकोसिस)बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ। यसले बिरामीको आँखा, नाक र अनुहारमा गम्भीर असर गरिरहेको छ।

कोरोना लागेका बिरामी निको हुने बेलातिर कालो ढुसीको संक्रमण हुने गरेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले संक्रमितमध्ये केहीको ज्यान गएको र केही उपचाररत रहेको बताए। कालो ढुसीको संक्रमणले नाक, आँखा र मस्तिष्कमा क्षति पुर्‍याउने चिकित्सक बताउँछन्।

मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार झन्डै एक दर्जन व्यक्तिमा कालो ढुसीको संक्रमण पुष्टि भएको छ। जसमध्ये सीमावर्ती नेपालगन्जमा तीन र वीरगन्जमा दुई जनामा पुष्टि भएको छ। काठमाडौंमा तीनवटा अस्पतालमा केही संक्रमितको उपचार भइरहेको छ। अन्नपूर्णपोष्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार