असार ३०, २०८२ सोमबार July 14, 2025

चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध छः अर्थ मन्त्रालय (विज्ञप्ति)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: सरकारले शनिबार ल्याएको बजेटमा व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात गर्ने उल्लेख भएकोमा विपक्षीदलका नेताहरुबाटै चर्को टिक्काटिप्पणी बढेपछि मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

बुधबार अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छ। चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको छु’ ।

प्रेस विज्ञप्तिमा बजेट वक्तव्यमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम चुरेर भावर, शिवालिक र नदीप्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको उल्लेख गरिएको छ ।

मन्त्रालयले चुरे क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दोहन हुन नदिने प्रस्तुत नीतिको मूल मर्म भएको दाबी गरेको छ ।

चुरे क्षेत्रमाथि सरकारले गरेको निर्णयप्रति पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता महेश आचार्यले विगत ७ वर्षदेखि खानीजन्य निर्माण सामग्री निकासीमा लगाइएको प्रतिबन्ध बजेटमार्फत खुला गर्न खोजिएकोप्रति असन्तुष्टी व्यक्त गरेका थिए ।

त्यस्तै, कांग्रेसकै नेता गगन थापाले बजेटमार्फत चुरेक्षेत्रको ढुंगा, गिट्टी र बालुवा निकासी खुला गरिनु नीतिगत भ्रष्टाचार भएको दावी गरेका छन्। थापाले प्रतिनिधिसभा विघटन गरी अध्यादेशमार्फत ल्याइएको बजेटमा अवैधानिक ढंगले प्राकृतिक स्रोतको दोहनलाई समावेश गरिएको जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार