असार २३, २०८२ सोमबार July 7, 2025

प्रदेश-१ को बजेट अधिवेशन जेठ २४ गते बोलाउन सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश–१ सरकारले आउँदो जेठ २४ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले जेठ २४ गते २ बजे बर्खे अर्थात बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले जेठ २४ गते दिनको २ बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका छन् । यसअघि सर्वदलीय बैठकमा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले जेठ २५ देखि २६ गतेतिर शुरु हुने गरी प्रदेशसभाको बजेट अधिवेशन बोलाउने वचन विपक्षी दलहरूलाई दिएका थिए ।

मंगलबार प्रदेश–१ संसद्का विपक्षी दलका नेताहरूसँगको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले संसदमा प्रि बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी सरकारले तयारी गरेको जानकारी दिएका थिए । तर, बुधबारको मन्त्रीपरिषद् बैठकले प्रि बजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसको विपक्षी दलहरुले विरोध गरिरहेका छन् ।

यसअघि प्रदेशका विपक्षी दलहरुले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा आग्रह गर्नेदेखि प्रदेश प्रमुख सम्मलाई भेटेर दबाब दिँदै आएका थिए । असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ । यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ । बजेट पेश हुनुभन्दा १५ दिन अगावै प्रि बजेट छलफल सक्नुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था छल्न सरकारले अध्यादेश ल्याएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार