काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आव्हान गरेका छन् । आज आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधवकुमार नेपालसहितका नेतालाई लक्षित गरि एमालेलाई एक बनाउन ६ बुँदे अपिल समेत जारी गरेका छन् ।
जारी विज्ञप्तीमा आफु २०७५ जेठ ३ अघिको अवस्थाबाट अघि बढाउन तयार रहेको उल्लेख गरिएको छ ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सारेका छन् । त्यस्तै देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरी अदालतमा दायर रिट फिर्ता हुनुपर्ने शर्त पनि ओलीको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया