श्रावण ५, २०८२ सोमबार July 21, 2025

महन्थ-राजेन्द्र समूहका चारजना मन्त्री बर्खास्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ-राजेन्द्र समूहका चारजना मन्त्रीलाई प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका छन् ।

आइतबार साँझ मुख्यमन्त्री राउतले महन्थ-राजेन्द्र समूहबाट मन्त्री बनेका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् । बर्खास्त हुनेमा मन्त्रीहरू जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डल रहेका छन् ।

सत्तासमीकरणलाई लिएर विवादमा रहेको जसपाको विवाद प्रदेश २ सम्म पुगेको छ । फुटको सँघारमा रहेको जसपाभित्र केन्द्रमा प्रधानमन्त्री केपी ओलीलाई सहयोग गर्ने वा विपक्षी गठबन्धनलाई सहयोग गर्ने भन्ने विषयमा विवाद हुँदा राजनीतिक रूपमा जसपा विभाजित भइसकेको छ ।

महन्थ-राजेन्द्र समूह पार्टी कार्यकारिणी समितिको निर्णय बिपरित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव गत शुक्रबार जनकपुर पुगेका थिए । उनले आजै आइतबार मात्रै प्रदेश २ को संसदीय दलको विधान पारित र मुख्यमन्त्री राउतलाई दलको नेता चयन गरेका थिए । त्यसको केही घन्टामा महन्थ-राजेन्द्र समूहका चार मन्त्रीलाई मुख्मयन्त्री राउतले समेत बर्खास्त गर्ने निर्णय गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार