श्रावण ५, २०८२ सोमबार July 21, 2025

मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्न एमाले सुदूरपश्चिमको ह्वीप जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्न ह्विप जारी गर्न निर्देशन दिएको छ।

प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्न ह्विप जारी गर्न निर्देशन सहित पत्र पठाएका छन् ।

माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार बिहान विश्वासको मत लिने भएका छन् । एमालेले भने विपक्षमा मतदान गर्न ह्विप जारी गर्न निर्देशन दिएको एमाले प्रदेश सचिव रावलले बताए ।त्यस्तै प्रदेश कमिटीले सबै प्रदेश सभा सदस्यहरुलाई पनि विपक्षमा मतदान गर्न निर्देशन दिँदै पत्र काटेको छ ।

१० जेठमा एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । पार्टी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरे पनि १२ जेठमा यहाँको संसदीय दलले भने समर्थन कायम रहेको निर्णय गरेको थियो । अहिले एमाले माधव पक्षका सांसदहरू पनि सरकारमा सहभागी छन् ।

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्त गर्न २७ जना आवश्यक पर्छ । अहिले एमालेमा २५ माओवादीका १३ काँग्रेसमा १२ र जनता समाजवादी पार्टीमा २ जना रहेका छन् । एमालेमा सभामुख बाहेकका २४ जना मध्ये नेपाल पक्षमा १५ र ओली पक्षमा ९ जना छन् । माधव पक्षले पक्षमा मतदान गरे मुख्यमन्त्री भट्टले विश्वास प्राप्त गर्ने छन् । नेपाली काँग्रेस र जसपाले भने अझै के गर्ने भन्नेबारे निर्णय गरेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार