असार २३, २०८२ सोमबार July 7, 2025

रौतहटमा प्रहरीमाथी आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं।- बसन्त बहादुर कुँवर, प्रवक्ता, नेपाल प्रहरी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निषेधाज्ञा पालना गराउने क्रममा प्रहरीमाथि जनताको व्यवहार कस्तो छ ?   

निषेधाज्ञाको पालना गराउनु प्रहरीको कर्तव्य हो। तर, युवाहरू स्वच्छन्द रूपमा प्रस्तुत भइरहेको देखिन्छ। प्रहरीमाथि नै आक्रमण एवं दुव्र्यवहार भइरहेको छ। कानुन उल्लंघन गर्ने मानसिकता देखिएको छ। नागरिक सचेतना घट्दै गइरहेको अवस्था देखिन्छ।

जनतालाई सचेत बनाउनुपर्ने त सरकारी निकायले नै होइन र ? 

नागरिक सचेतनामा सरकारी मात्र नभएर सरोकारवाला अन्य निकायको पनि महत्वपूर्ण भूमिका रहन्छ। समग्रमा भन्दा अधिकारको कुरामा बढी वकालत गर्ने प्रवृत्ति छ। तर, नागरिक कर्तव्यका कुरामा नजरअन्दाज गर्न थालेका कारण नै यी सबै घटना बाहिर आएका हुन्। अहिले सुरक्षाभन्दा पनि जनस्वास्थ्यमा पर्ने असरको कुरा हो।

हाम्रो काममा प्रहरीले अवरोध खडा गर्‍यो भन्ने हिसाबले हेर्नु भएन। यीबाहेक सामान्य घटनामा पनि निषेधाज्ञा पालना गराउन खोज्दा म किन हिँड्न नपाउने ? मेरो पनि अधिकार हो भन्ने हिसाबले तर्कवितर्क गर्छन्। झगडा गर्न पछि पर्दैनन्। यो सबै चेक प्वाइन्टहरूमा देख्न सकिन्छ। समग्रमा यो सामाजिक समस्या हो।

रौतहटमा झैं प्रहरीमाथि भौतिक आक्रमण नै भएको उदाहरण छिटपुट हो कि धेरै छन् ?

रौतहटजस्ता घटना त सांकेतिक रूपमा धेरै जिल्लामा भएको छ। आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं। तीन–चार जना मान्छे समातिएका छन्। जघन्य अपराध भएको प्रमाणले पुष्टि नहुँदा जेल हाल्ने त हुँदैन। ज्यान मार्ने खालको अपराध गरेको हुनुपर्‍यो। कानुन कार्यान्वयन गर्नमा अवरोध खडा गरेको भनेर सामान्य मुद्दा चलाउने गरिएको छ। अभद्र व्यवहारमा मुद्दा चलाउनुपर्ने हुन्छ। प्रहरीप्रति दुव्र्यवहार गर्नेलाई मुद्दा भने चलाइन्छ। त्यत्तिकै छोड्ने कुरा हुँदैन।

आफूमाथिको आक्रमण वा दुव्र्यवहार सहनुपरेको गुनासो पनि तल्लो तहका प्रहरीको छ नि !

प्रहरी पनि राज्यको अंग हो। राज्यको अंग भइसकेपछि सानातिना कुराहरू सहनुपर्ने स्वाभाविक पनि हो। अब सुरक्षाकर्मीलाई दायित्व निर्वाह गर्ने क्रममा अवरोध पुर्‍याएको भन्ने कानुन छ। त्यसैलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको अवस्था छ। कार्यान्वयन गर्नु पनि पर्छ।

प्रहरी जनशक्तिको मनोबल अहिले कस्तो छ ?

सामान्य घटना हुँदैमा प्रहरीले मनोबल घटाउनु हुँदैन। प्राणको आहुती दिएका प्रहरी पनि धेरै हुनुहुन्छ। नेपाल प्रहरीको इतिहास गर्वलाग्दो छ । कुनै स्थानमा प्रहरीमाथि आक्रमण वा दुव्र्यवहार भयो भन्दैमा मनोबल घट्ने कुरा हुँदैन। यी र यस्ता कुरा भइरहन्छन् भन्ने हिसाबले नै प्रहरी तयार भएको बसेको हुन्छ। यसो भन्दैमा हामीलाई सबै क्षेत्र, वर्गको साथ सहयोग आवश्यक पनि पर्छ।

विभिन्न राजनीतिक दलको समर्थन भएका कारण पनि कानुन उल्लंघन गर्न खोज्नेहरू बढेका त होइनन् ?

नेपाल जस्तो विकासोन्मुख मुलुकमा अपराधसँग राजनीति पनि जोडिएको हुन्छ। कतिपय व्यक्तिमा अपराध गर्ने हो भने उन्मुक्ति दिने त राजनीतिले नै हो भन्ने सोच देखियो। कतिपय गतिविधि तपाईंले देखिरहनुभएकै छ। सबै कुरा मैले किन भनिरहनु पर्‍यो र ? धेरै कुरा भन्न पनि मिल्दैन।

जनताले के आफ्नो कर्तव्यको ख्याल गर्नुपर्ने हो ?

यो एकदमै आवश्यक छ। जनताले पनि अधिकारसँगै कर्तव्यको ख्याल गर्नुपर्छ।  जनतालाई कर्तव्यबोध कसरी गराउने हो त्यो सोंचनीय छ। विद्यालय वा कलेजका पाठ्यक्रममा समावेश गरेर हुन्छ कि ? त्यतातिर पनि विचार गर्नुपर्ने अवस्था छ। जनताले आफ्नो कर्तव्य अनुभूत हुने गरी समाज अग्रसर भएन। अन्नपूर्णपोष्ट दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार