असार २६, २०८२ बिहिबार July 10, 2025

एमालेको अर्को फ्लोर क्रस : ओली समूह पटक–पटक असफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: एमालेको माधवकुमार नेपाल पक्षको साथ पाएपछि मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्।

पार्टी स्थायी कमिटीको निर्णय लत्याउँदै नेपाल समूहका १७ सांसदले ‘फ्लोर क्रस’ गरी माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएका हुन्।

प्रदेशसभाको बर्खे अधिवेशनमा मुख्यमन्त्री भट्ट अल्पमतमा रहेको भन्दै राजीनामा दिनुपर्ने माग उठेपछि भट्टले विश्वासको मत लिन सोमबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए। मुख्यमन्त्री भट्टले प्रदेशसभामा मंगलबार भएको मतदानमा एमालेका १७ र माओवादी केन्द्रका १३ गरी ३० सांसदको विश्वासको मत पाए।

५२ सदस्यीय प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जसपाका दुई जना प्रदेश सांसद छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको भन्दै माओवादी केन्द्रले तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरालाई सांसद पदबाट हटाएको थियो। कांग्रेसका सांसद मतदानमा सहभागी भएनन् भने जसपाले विपक्षमा मतदान गरेको थियो। अन्नपुर्ण पोष्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया