श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पाँच मिनेट बत्ति आउने एक घण्टा बत्ति जाने समस्याले लमजुङमा साईवर आन्दोलन

नेपाल विद्युत प्राधिकरण
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : लमजुङ जिल्लामा विद्युत आउने जाने समस्या तिव्र रुपमा देखिन थालेको छ । विगत केहि वर्षदेखि लमजुङ्ग जिल्लामा धेरै पटक विद्युत जाने र गएपछि लामो समय नआउने समस्या देखिएको हो ।

भौगोलीक अवस्था, नेपाल विद्युत प्राधिकरणको वेवास्ता, लमजुङ विद्युत उपभोक्त्ता समितिको कार्यकुशलताको कमिले गर्दा विद्युतमा समस्या देखिएको स्थानियहरुले बताएका छन ।

लामो समयदेखि लकडाउनको प्रभावले गर्दा विद्यालयमा भौतिक रुपमा उपस्थित भएर पठन-पाठन गर्न सम्भव नभएपछि जिल्लाका अधिकांस विद्यालयहरुले अनलाईन मार्फत कक्षा सञ्चालन गर्दै आएका छन । तर जिल्लामा एकैदिनमा कयौं पटक बत्ती जाने र आउने गर्दा विद्यार्थीहरुलाइ ठुलो असर परेको अभिभावकहरुले बताएका छन ।

जिल्लामा लामो समयदेखि विद्युतमा समस्या रहेकोले विधुत प्राधिकरण र सम्वन्धित निकायहरुलाई पटक-पटक खवर गर्दा पनि समस्याको समाधान नभएकोले अहिले सामाजिक सञ्जाल मार्फत दवाव सिर्जना गरेको लमजुङ्ग उद्योग वाणिज्य सघंका निवर्तमान अध्यक्ष राजेश थापाले जानकारी दिए ।

थापाका अनुसार अहिले सामाजिक सञ्जाल मार्फत विधुत प्राधिकरण, उपभोक्त्ता समिति, जिल्ला प्राशासन लगाएतका निकायहरुलाई स्थानिय क्लव, आमा समूह विभिन्न संघ-सस्थाहरुबाट पत्र लेखेर ध्यानआकर्षण गराइएको छ । सामाजिक सञ्जालबाट पत्र लेखेर ध्यान आकर्षण गराइएको छ, यदि यो समस्या चाडै समाधान नभएमा भौतिक रुपमा पनि आन्दोलन गर्ने उनले बताए ।

सामाजिक सञ्जालबाट तिव्र रुपमा दवाव सिर्जना भएपछि गत १८ जेष्ठमा लमजुङ् विद्युत उपभोक्त्ता समितिले एक विज्ञप्ती जारी गर्दै, विद्युत आउने जाने समस्याको बारेमा जानकारी दिदै चाडैनै यो समस्याको समाधान गर्ने आश्वासन दिएको छ ।

लकडाउनको लामो असर जिल्लाको सबै क्षेत्रमा देखिएको छ । धेरै मार परेको क्षेत्रहरुमध्यमा शैक्षिक क्षेत्रपनि एक हो । राज्यको विकाशको पूर्वाधारमध्यको शिक्षा पनि एक महत्वपूर्ण पूर्वाधार हो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार