असार २८, २०८२ शनिबार July 12, 2025

सभापतिमा दोहोरिने देउवाको इच्छामा निधिको असहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय समितिले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।

गत शुक्रबारको केन्द्रीय कार्यसमितिले मिति निर्धारण गरेपछि नेताहरुले नेतृत्वमा पुग्न छलफललाई तिव्रता दिएका छन् । सभापति शेरबहादुर देउवाले आफू निकटका केन्द्रीय सदस्यहरुसँग सभापतिमा पुनः दोहोरिने भन्दै सघाउन आग्रह गरेका छन् ।

शनिबार प्रदेश–१ र प्रदेश–२, आइतबार बागमती र गण्डकी तथा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गुटबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूसँग देउवाले आफू पार्टी विधान अनुसार दोहोरिन इच्छुक रहेको भन्दै सघाउन आग्रह गरेका हुन् ।

तर, आफै उपसभापति बनाएका निधिले भने आफू सभापतिमा उठ्ने भन्दै देउवालाई उल्टै सहयोग गर्न आग्रह गरे ।

त्यसपछि संस्थापनका नेताहरु कतापट्टि लाग्ने भन्दै तनावमा परेका छन् । तर, सभापति देउवाले भने उपसभापति निधिलाई फकाउने प्रयास नै नगर्ने निकटस्थहरुलाई सुनाएका छन् ।

स्रोतका अनुसार उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा.प्रकाशशरण महत, नेताहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखकसहितका नेताहरूसँग निधिलाई आफूले फकाउने प्रयास नगर्ने बताएका हुन् ।

देउवाले निधिलाई नफकाई अन्य नेताहरूलाई साथमा लिएर १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।

बरु पूर्वसंस्थापनका नेताहरूलाई फकाएर आफ्नो समूहमा ल्याउन प्रयत्न गर्ने तयारी उनको छन् । पूर्वसंस्थापनका नेताहरूसँग भने देउवाले वान टु वान वार्ता गरिरहेका छन् ।

खासगरी देउवाले महेश आचार्य, डा.रामशरण महत, गगन थापा, दीलेन्द्र बडू, बद्री पाण्डे, सरिता प्रसाई, प्रकाशमान सिंह, बलबहादुर केसीलगायतका नेताहरूसँग वान टु वान वार्ता गरिरहेका छन् । प्राय नेता देउवासँग आउन तयार भए पनि पदमा अझै कुरा मिलिनसकेको एक नेताले बताए ।

देउवासँगै निधिले संस्थापनबाट सभापतिमा दावा गरिरहेका छन् भने पूर्वसंस्थापनबाट नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाले सभापतिमा दाबी गर्दै आफ्नो लविइङलाई तिव्र पारेका छन् ।

डा. रामशरण महत, अर्जुननरसिंह केसी र युवा नेता कल्याण गुरुङले सभापतिमा दाबी गरे पनि उनीहरुको पदका लागि बार्गेनिङ भएको धेरै नेताहरु बताउँछन् । अभियान टाइम्सबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया