असार २३, २०८२ सोमबार July 7, 2025

संविधान जलाउने, नाकाबन्दी गर्ने र केपी ओलीलाई मधेश नै छिर्न दिन्नौं भन्नेहरुलाई काँधमा कसले बोकेको हो ? : भीम रावल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमाले एकताको कुरा गर्दाखेरि तपाईँहरु प्रधानमन्त्री केपी शर्मा ओलीसंग सम्झौता हुँदैछ रे, होईन ?

हामीले यसमा सहमति कुनै अहिले गर्ने कुरामा मात्र होईन कि आरम्भदेखिनै २०७५ साल जेठ २ गतेपछिका हाम्रा केन्द्रदेखि स्थानीय तहसम्मका सम्पुर्ण संरचनाहरु यथावत क्रियासिल हुने र गत फागुन २३ गते पछि विभिन्न नाममा गरिएका सबै निर्णयहरु बदर हुने महाधिवेशन-अधिवेसन सदस्यताजस्ता कुरामा सहमतिको आधारमा कार्यदल बनाएर त्यसको आधारमा निक्र्यौल हुन सक्ने कुरा हुनुपर्छ भन्दै हामी आएका थियौँ । ती कुरा अहिलेसम्म कुनैपनि भएका छैनन् । अदालतले १०औँ राष्ट्रिय महाअधिवेसन आयोजक कमिटीलाई अवैध घोषणा गरिसके पनि भर्खरै तपाईँले पनि सुन्नुभयो होला फेरि त्यही अवैध १०औं राष्ट्रिय महाअधिवेसन आयोजक कमिटीको बैठक बोलाउने भन्ने कुरा सुनेका छौँ । त्यसकारण यी सम्पूर्ण कुरा विश्वसनी र प्रष्ट रुपमा अगाडि नआउँदासम्म त्यहाँ कुनै सम्झौता भईहाल्ने र भईहालेको छ भन्ने कुरा त्यो प्रचारमात्रै हो ।

एमालेको हिजोको बैठकले एउटा निर्णय गरेको छ–पार्टी १०औं महाअधिवेसन आयोजक कमिटी विघटन गर्ने, र पार्टीका सबै संरचना २०७५ जेठ २ मा फर्केको घोषण गर्ने भनेर ? तपाईँको टिप्पणी के छ त ?

त्यो निर्णय  मैले त पढ्न पाएको छैन । त्यो कहाँ निर्णय भयो ? अनि त्यो कहिले भयो ? त्यसको भाषा के छ ? त्यो मैले हेरेको छैन । ती निर्णय बाहिर आएकै छैनन् । अनि कहाँ पढ्ने ?

होईन, हिजो बसेको एमालेको बैठकले यी निर्णय गरिसकेको छ त ? तपाईँले मिडियामार्फत थाहा पाउनुभएन ?

त्यो भित्री रूपमा त कहाँ/कसले ग¥यो त्यस्ता प्रचार त विगतमा अनेक खालका भएका छन । निर्णय एउटा हुने, अनि काम अर्को हुने प्रचार, काम अर्को हुने पहिल्यै देखिकानै हुन यस्ता कुरा त हामीले विगतदेखि नै सुन्दै आएका छौँ ।

त्यसोभए केपी शर्मा ओलीले फेरि पनि एकताको अस्त्र फालेको हो त ? तपाईँहरु उहाँको यो अस्त्रलाई कसरी लिनुहुन्छ त ?

यो उहाँको कुनै व्यक्तिगत कुरामात्र होईन । मैले बारम्बार तपाँईकै कार्यक्रममा भनेको छु । नेकपा एमाले धेरै लामो समयदेखि एउटा नीति, सिद्धान्त र कार्यक्रम राष्ट्रको स्वाधीनता, स्वतन्त्रता र अखण्डता कम्युनिष्ट पार्टीको सिद्धान्तबाट अगाडि बढेको पार्टी हो । यसका आफ्नै संरचनाहरु छन । जब हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण गर्यो । नेकपा (माओवादी केन्द्र) संग एकता गरेर त्यसपछि यसको स्वरूप बदलियो । यो पार्टी रहेन सर्वोच्च अदालतको फैसलापछि यसलाई स्वतः अगाडि बढाउनुपर्ने होईन । यो पाँच-पाँच छ-छ महिना के को लागि विवाद गरेको त । त्यसकारण यो कुनै व्यक्ति विशेष भित्रको सम्झौता र असम्झौताको विषय नभएर पार्टीको नीति मान्ने कि नमान्ने ? विधि मान्ने कि नमान्ने ? कार्यक्रम, नीति र सिद्धान्त यसका संरचना र प्रणाली मान्ने कि नमान्ने भन्ने कुरा हो यो । हामी त्यो कुराको जहिल्यैपनि पक्षमा थियौँ । त्यसमा नै रहँदै आयौँ । त्यही कुरा अर्को पक्षले नमानेपछि विवाद भएको हो ।

महाअधिवेसन आयोजक कमिटीको बैठक असार १६ मा बोलाईएको छ, तपाईँहरु त्यसमा गएर सहमति गर्ने कि नगर्ने ?

त्यो महाअधिवेसन आयोजक कमिटी त अवैध छ भनेर सर्वोच्च अदालतले भनिसक्यो । हामीले त पहिलेदेखि नै भन्दै आएको थियौँ । कानुनी रूपमा अदालतले नै भनिसक्यो । अनि त्यस्तो अवैध कमिटीको बैठकमा गएर हामीले भाग लिने भन्ने कुरा त प्रश्नै हुँदैन नि ।

तर, तपाईँहरुमाथि पनि प्रवक्ता प्रदीप ज्ञवालीले गम्भीर आरोप लगाउनुभएको छ नि ? उहाँले तपाईको पक्षका केही नेताहरु प्रतिपक्षलाई काँधमा राखेर बलियो बनाउन लागेका छन र धेरै नेता हाम्रो पक्षमा छन ? भनेर भन्नुभएको छ नि ? उहाँले त माधव नेपाल र भीम रावलहरु नआएपनि केही फरक पर्दैन् पनि भन्नुभएको छ नि ? तपाईँको टिप्पणी के छ यसमा ?

कसलाई के गर्दा फरक पर्छ वा पर्दैन्, त्यो व्यक्तिगत दृष्टिकोण हो । तर, अहिले तपाईँको यो कार्यक्रमबाट एउटा कुरा स्मरण गराउन चाहन्छु–आदरणीय श्रोताहरुलाई जब नेकपाले झन्डै दुई तिहाई मत ल्यायो, त्यतिबेला आफ्नो पार्टीको जारी घोषणालाई कार्यान्वयन गराउनको लागि अगाडि जानुको सट्टा सुरुमा नै वर्तमान प्रधानमन्त्रीज्युले कुन पार्टीका मान्छेलाई मन्त्री बनाउनुभयो ? जोसंग हामी संघर्ष गदै आएका थियौँ । जसको सिद्धान्त मिल्दैन थियो । नीति मिल्दैन थियो । अनि काँधमा कसले बोक्नुभयो ? अदालतले २० जना मन्त्रीलाई पदमुक्त नगर्नु भन्दा अगाडि महन्थ ठाकुर र राजेन्द्र महतोलाई काँधमा बोकेको हो कि ?

टाउकोमा बोकेको हो कि ? के मा बोक्नुभयो ? कसले बोक्यो ? हामीले त हेर्नुहोस् गत २०४६–४७ सालको आन्दोलन भन्नुहोस् वा २०६२-०६३ आन्दोलन भन्नुहोस् । त्यो बेला जो ब्यक्तिहरु लोकतन्त्रको पक्षमा उभिनुभएको थियो । जसमा हामीले काँधमा काँध मिलाएर चाहे शान्ति प्रक्रिया होस् चाहे लोकतन्त्र ल्याउनको लागि लडेका थियौँ । अहिले संविधान नै धरापमा पर्ने देखेपछि लोकतन्त्र र संसद्को रक्षाको लागि तीनै शक्तिहरुसंग कार्यगत एकता हामीले गरेको छौँ । तर, जसले यो संविधान जलायो, जसले नाकाबन्दी गर्यो । जसले अहिलेको हाम्रो प्रधानमन्त्री र अरु नेताहरुलाई कुनै ठाउँमा हामी छिर्नै दिन्नौं भनेर जसले अभियान चलाए अनि उहाँहरुले काँधमा बोक्दा गज्जबले सुहाउने ? अनि संविधान र लोकतन्त्रमाथि खतरा आईपर्दा, यो खतरालाई टारौँ हामी सबै लोकतन्त्रमा विश्वास गर्ने अनि यो राष्ट्रको स्वतन्त्रता, स्वाधिनता नेपाली जनताले आफ्नो बारेमा आँफै निर्णय गर्न पाउने मान्यतामा उभिने हो भने हामीसंगै अगाडि जाउँ भन्दा अनि अर्कालाई काँधमा बोकेको देख्ने दृष्टिदोष र चिन्तन प्रणालीमा रहेको त्रुटी मात्रै हो ।

नेकपा एमालेमा तपाईँहरुले अराजकता सिर्जना गरेको आरोप छ ? अब तपाईँहरू एमालेमा फर्कने कि नफर्कने बताउनुहोस् ?

तपाईँले जे शब्दावली प्रयोग गर्नुभयो नि, कसैले यी शब्दावली प्रयोग गरेर तपाईँले दोहोर्याउनु भएको हो भने यी शब्दावली प्रयोग गर्ने मान्छेको मनमा यो कम्यष्टि आन्दोलनलाई विभाजन गर्ने कति विष रहेछ भन्ने कुरा देखिन्छ । किनभने जब गत फागुन २८ गते हाम्रो पार्टीको विधान मिचेर नवौं महाअधिवेसनबाट निर्वाचित हामीहरु म पनि उपाध्यक्षमा निर्वाचित भएको तपाँईलाई थाहा छँदैछ । त्यसमा पनि म त सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भएको हुँ । मैले आफुलाई किन यो सर्बाधिक मत भनेको हुँ भने पार्टी अध्यक्षले म निर्वाचित हो मलाई कसैले हटाउन सक्दैन भन्नुहुन्छ । अनि हामी निर्वाचित होईनौँ । मैले त्यसैले यो कुरा किन भन्नु परेको हो भने २८ गते निर्णय गरेर जब केन्द्रीय कमिटी नै भंग भयो अनुशासनहिनता त्यहाँनिर भयो । जब पार्टीको विधान मिचियो, अनुशासनहीन काम त्यहाँनिर सुरु भयो । जो व्यक्ति पार्टी सदस्य छैनन्, जसले यो पार्टीको निर्माणमा सिन्को भाँचेको छैनन्, त्यस्ता व्यक्तिलाई ल्याएर विभिन्न ठाँउमा जिम्मेवारी दिईयो । खासगरी उनीहरुलाई पार्टीको ईन्चार्ज बनाईयो । केन्द्रीय सदस्य बनाईयो ।

पार्टीको विधान मिच्ने तपाँईले जे-जे शब्दावली तपाईँले प्रयोग गर्नुभयो, ती सम्पूर्ण काम यसरी नेकपा एमालेको नवौँ महाअधिवेसनबाट निर्वाचित केन्द्रीय कमिटी भङग गर्ने, त्यहाँबाट विभाजित पदाधिकारीलाई त्यहाँबाट निष्कासित गर्ने, जिम्मेवारीबाट हटाउने, पार्टी सदस्य नभएकाहरुलाई पार्टी सदस्य बनाउने, मनपरि तरिकाले पार्टीको विधानको कुनैपनि धारा-दफामा राष्ट्रिय महाअधिवेसन कमिर्टी गठन गर्ने अधिकार नै छैन । हाम्रो पार्टीको विधानबमोजिम केन्द्रीय कमिटीले मात्रै अधिवेशन गर्छ । पार्टी विधान शंसोधन गर्नुपर्यो भने या त विधान अधिवेसन गर्नुपर्छ या राष्ट्रिय महाअधिवेशनले मात्रै गर्छ । अनि आफु यसरी ठाडै रुपमा विधान मिच्ने अनि अनुशासनहीन काम गर्ने, पार्टीको केन्द्रीय कमिटी भंग गर्ने अनि अरुलाई दोष लगाउने भनेको नि आफुलाई भनिहाल्छन कि भनेर हत्तपत्त अरूलाई दोष लगाएर पानी माथिको ओभानो हुने दुष्प्रयास मात्रै हो । त्यसको कुनै अर्थ छैन्। । त्यो त अदालतले नै अवैध हो भनेर घोषणा गरिसक्यो नि । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार