श्रावण ४, २०८२ आइतबार July 20, 2025

क्रियाशिल सदस्यता भागवण्डा गरेर बाड्ने देउवा पौडेलबीच सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले थुप्रै विवादलाई थन्क्याउँदै भागवण्डाका आधारमा क्रियासिल सदस्यता बाड्ने निर्णय गरेको छ।

शिर्ष तहमा देखिएको अन्तर्विरोधका बिच शुक्रबार साँझ पार्टी कार्यालयमा सानेपामा बसेको प्रभावशाली नेताहरुको बैठकले विवाद भएका ठाउँका क्रियाशिल सदस्यतालाई सहमतिका आधारमा टुंग्याउने निर्णय भएको छानबिन समितिका संयोक नेता रमेश लेखकले जानकारी दिए।

असार २० गतेसम्मका लागि दिइएको समयमा समितिले विवाद टुंगो लगाउन नसकेपछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएपछि कांग्रेसले विवादित ठाउँमा भागवण्डका आधारमा सदस्यता बाड्ने भएको हो।

दुई नेताबीच भएको सहमतिलाई पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले अनुमोदन गरेको छ।

कांग्रेसले शतप्रतिशत क्रियाशिल सदस्यता थपेर १४औँ महाधिवेशनका लागि झण्डै दश लाख पार्टी सदस्य बनाउने नीति लिएको छ। साविकको चार लाख ७० हजार नविकरणमा कुनै समस्या नभए पनि निर्वाचन क्षेत्रबाट थप गरेर पठाइएका नयाँ क्रियाशिल सदस्यताबारे भने चर्को विवाद छ।

क्रियाशिल सदस्यता विवरणले भदौमा हुने महाधिवेशनमा नेतृत्व चयनलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले नेताहरुले कार्यकर्ता नचिढ्याउने उपायका रुपमा भागवण्डा गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार