असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रिय दुग्ध विकास नीति मन्त्रिपरिषद्बाट पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मन्त्रिपरिषद्ले राष्ट्रिय दुग्ध विकास नीति २०७८ पारित गरेको छ । असार १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति पारित गरेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले जानकारी दिनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जेठमा मन्त्रिपरिषद्मा पेस गरेको मस्यौदामा समान्य हेरफेर गरी पारित गरेको उहाँले जानकारी दिनुभयो । सो नीति चाँडै नै कार्यान्वयनमा ल्याएर डेरी क्षेत्रलाई व्यवस्थित गर्ने उहाँले बताउनुभयो ।

नेपालको दुग्ध क्षेत्रलाई आगामी २५ वर्षभित्र मूल्य शृङ्खलामा आधारित रही सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र साझेदारीमा व्यावसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरण विकास गर्ने उद्देश्यले नीति तयार पारिएको हो ।

धुलो दूध (एसएमपी) को बजारीकरण तथा उत्पादनमा जोड दिनुको साथै दूधलाई कसरी विविधीकरण गर्नेबारे पनि नीतिले स्पष्ट पारेको छ । नेपालको संविधान, दिगो विकास लक्ष्य, कृषि विकास रणनीति, पन्ध्रौँ पञ्चवर्षीय योजना र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेको पशुपन्छी तथा मत्स्य क्षेत्र सुधारको रणनीतिक योजनासँग तादाम्य राख्ने गरी नीति तयार गरिएको जनाइएको छ ।

सरकारको २१०० भिजन अनुरूप दुग्ध क्षेत्रले हासिल गर्नुपर्ने अल्प, मध्य र दीर्घकालीन परिमाणात्मक लक्ष्य नै किटान गरी सो हासिल हुने गरी नीतिगत व्यवस्था सो नीतिमा गरिएको छ । विभिन्न सरोकारवालाहरूसँगको परामर्श, सन्दर्भ सामग्रीहरूको अध्ययन र विज्ञहरूबाट प्राप्त सूचनाका आधारमा दुग्ध क्षेत्रका चुनौती तथा समस्यालाई मिहिन ढङ्गले विश्लेषण गरी समस्याको समाधान गरी ठोस नीतिगत व्यवस्था गरिने नीतिमा उल्लेख छ ।

दूध उत्पादनमा संलग्न साना कृषकलाई राज्यबाट संरक्षण, सहयोग र प्रोत्साहन तथा व्यावसायिक स्वरूप लिएका तुलनात्मक रूपमा ठूला दूध उत्पादकहरूको व्यावसायिकता र प्रतिस्पर्धात्मक क्षमता वृद्धिमा पनि जोड दिइएको छ । दुग्ध व्यवसायलाई ग्रामीण क्षेत्रमा गरिबी निवारण एवं आयआर्जन गर्ने आधारका रूपमा विकास गर्ने नीति पनि लिइएको छ ।

दुग्ध क्षेत्र सुधारका लागि उत्पादन, प्रशोधन र बजारीकरणमा निजी क्षेत्र र सहकारीलाई प्रोत्साहन गर्ने तथा सरकारी क्षेत्रको भूमिका संस्थागत सुधार, पूर्वाधार र नियमन क्षमता वृद्धि गर्ने व्यवस्था नीतिमा गरिएको कार्यकारी निर्देशक यादवले जानकारी दिनुभयो । दूधको मूल्य निर्धारण वैज्ञानिक र न्यायपूर्ण तरिकाले गर्ने व्यवस्थासमेत त्यसमा गरिएको छ ।

दूधको उत्पादन मात्र होइन आन्तरिक खपत बढाउने रणनीतिक उपायहरूसमेत उल्लेख गरिएको छ । नेपालको विशेष पहिचान रहेको याक चिज र छुर्पी जस्ता विशिष्टीकृत उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन र प्राङ्गारिक दुग्ध पदार्थको उत्पादन गर्ने व्यवस्थासमेत गरिएको छ । गुणस्तर सूधारका लागि नीतिले विशेष जोड दिएको छ ।

नीतिमा अनुत्पादक पशुहरूको व्यवस्थापनमा नीतिगत व्यवस्था गर्नुका साथै यसको लागि स्थानीय तह तथा प्रादेशिक निकायहरूको सहभगितामा जोड दिइएको छ । परिवर्तित सन्दर्भमा राष्ट्रिय दुग्ध विकास बोर्डको भूमिका प्रभावकारी बनाउन कानुनी र सङ्गठन संरचना परिमार्जन गर्न जोड दिएको छ । सङ्घीय व्यवस्था लागू भएको सन्दर्भमा नीति कार्यान्वयन गर्न तीनै तहबीच समन्वय, कार्यान्वयन तथा अनुगमन मूल्याङ्कन गर्ने संरचनाको व्यवस्था पनि नीतिमा गरेको छ ।

हालको प्रतिव्यक्ति वार्षिक दूधको उपलब्धता ७६ केजी रहेकामा आगामी पाँच वर्षभित्र ९१ केजी, १० वर्षमा ११८ केजी, २० वर्षमा १६० केजी, र वि.सं. २१०० मा १७५ केजी पु¥याउने लक्ष्य नीतिले लिएको छ । व्यवसायीकरण र औद्योगिकीकरणको माध्यमबाट मूल्य शृङ्खलामा आधारित पशुपालनबाहेकको करिब छ लाख पूर्णकालीन रोजगारी सिर्जना गर्ने प्रतिपरिवार दूध उत्पादक कृषकको मासिक खुद आम्दानी आगामी पाँच वर्षमा कम्तीमा ४० हजार रुपियाँ र वि.सं. २१०० मा एक लाख ३० हजार रुपियाँ पु¥याउने लक्ष्य नीतिले लिएको छ । औपचारिक प्रशोधनमा १७ प्रतिशतमा सीमित दूधको परिमाणलाई वि.सं. २१०० सम्ममा ६० प्रतिशतमा पु¥याउन सङ्घ, प्रदेश एवं स्थानीय तहको सहकार्य, समन्वय र साझेदारीका लागि उपयुक्त प्रणालीको विकास गर्ने उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार