असार २३, २०८२ सोमबार July 7, 2025

संसदीय समितिले ‘लाल बाकस’ फेला पार्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रियसभाको एक समितिले तत्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ। ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बाकस अहिलेसम्म गायब भएको छ। त्यो बाकस फेला पारेमा सन्धि सम्झौता, सीमासम्बन्धी नक्साको सूची रहेको तथ्य फेला पर्ने इतिहासविद्को भनाइ छ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले इतिहासविद्सँगको छलफलपछि लाल बाकसको खोजी कार्य गरेको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए। समितिको २०७७÷०७८ वार्षिक प्रतिवेदनमा पनि यसबारेमा उल्लेख गरिएको छ। तर, त्यो बाकस कसरी गायब भएको छ त्यसबारे थप अनुसन्धान भइरहेको समितिले जनाएको छ। यस क्रममा समितिले तत्कालीन राजदरबारका पदाधिकारी, परराष्ट्र अधिकारी, सैनिक अधिकारी, इतिहासविद् र अभिलेखालय प्रमुखसँग छलफल गरेको छ।

उनीहरूले यो बाकस महत्वपूर्ण रहेको भन्दै खोजी गर्नुपर्ने बताएका थिए। इतिहासविद् ज्ञानमणि नेपाल, योगी श्रीषनाथ, इतिहासविद् महेशराज पन्तले पनि लालबक्सको खोजी गर्नुपर्ने सुझाव दिएका छन्। परराष्ट्र मन्त्रालयमा रहेका सबै महत्वपूर्ण कागजात राजदरबारमा सारिएको र लाल बक्समा राखिएको भनी इतिहासकार बाबुराम आचार्य समेतको भनाइ रहेको कुरा उनीहरूले बताएका थिए। परराष्ट्रका कागजात १४ पोका अभिलेखालयमा अझै व्यवस्थित गर्न नसकेको, विसं १८४८ मा भएको कुमाउ सन्धि, मृगस्थलीमा भएको योगी नरहरिनाथद्वारा संकलित दस्ताबेजहरू संरक्षण गर्न अति जरुरी भएको उनीहरूले बताएका थिए।

समितिले गत वर्ष समितिमा पुरातत्व विभागका महानिर्देशक एवं राष्ट्रिय अभिलेखालयका पूर्वप्रमुख भीमप्रसाद नेपालसँग पनि छलफल गरेको थियो उनले भने, ‘म अभिलेखालयको प्रमुख रहँदा २०६५ सालमा गणतन्त्रको घोषणा भई तत्कालीन राजा नागार्जुन प्रस्थान गरेपश्चात् दरबारमा रहेको लाल बाकस अभिलेखालयले बुझ्नु पर्दछ, तपाईं तयारी अवस्थामा रहनुहोला भनी आफूलाई पुरातत्व विभागका तत्कालीन महानिर्देशक कोषप्रसाद आचार्यले भन्नुभएको थियो तर आफ्नो कार्यकालभित्र त्यो बाकस प्राप्त हुन सकेन।’  आजको नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार