असार २९, २०८२ आइतबार July 13, 2025

ओली सरकारले संसदीय सुनुवाइ बिनै नियुक्त गरेका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने खारेज नभएको एक मन्त्रीले बताए ।

संसद् विघटन गरेका कारण संसदीय सुनुवाइ बिनै ती राजदूतहरुको नियुक्ति गरिएको भन्दै विवाद हुँदै आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया