काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको दोस्रो दिन दुई छिमेकी मुलुकका प्रधानमन्त्रीबीच सोमबार टेलिफोन संवाद भएको हो । दुवै प्रधानमन्त्रीबीच आपसी एकता, कोरोनाविरुद्धको खोप आपूर्तिलगायतका विषयमा कुरा भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले सोमबार नै ट्विट गर्दै भारतीय प्रधानमन्त्री मोदीसँग भएको वार्ताबारे जानकारी दिनुएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले कोभिडविरुद्धको खोप आपूर्तिलाई निरन्तरता दिन ध्यानाकर्षण गराउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवा नेपालको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेलगत्तै भारतीय प्रधानमन्त्री मोदीले आइतबार साँझ नै ट्विट गरेर बधाई दिनुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया