असार १०, २०८३ बुधबार June 24, 2026

४४ मेगापिक्सेलको सेल्फी क्यामेरासहित ‘भिभो २१’ नेपाली बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनियाँ स्मार्टफाेन ब्राण्ड भिभोले ‘भी २१’ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएकाे छ ।

यो नयाँ पुस्ताको स्मार्टफोन बजारमा निकै प्रतीक्षा गरिएको डिभाइस हो । यसको सेल्फी खिच्ने फ्रन्ट क्यामेरा विशेष मानिएको छ । स्मार्टफोनमा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ ।

स्लिक र स्लिम डिजाइनमा उपलब्ध भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएकाे छ । फाेनमा ४४ मेगापिक्सेल ओआईएस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा राखिएको छ, जसले कम प्रकाशमा राम्रो फोटो निकाल्न सक्दछ ।

यसबाट प्रयोगकर्ताले राम्रो सन्तुष्टि लिन सक्नेछन् भने ६४ मेगापिक्सेल ओआईएस नाइट क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभव प्रदान गर्दछ । ओआईएसले अल्ट्रास्टेबल भिडियो आदि तयार गर्न पनि मद्दत गर्दछ । अर्काेतर्फ अतिरिक्त विशेषता भएको वाइड एंगल फोटोग्राफी र म्याक्रो फोटोग्राफी लिन सकिन्छ ।

भी २१ ले पावर कनेक्टिभिटी र स्पिडले आधुनिक उच्च प्रविधिसँग परिचित र अतिरिक्त क्षमता खोज्ने ग्राहकहरुलाई समेत सन्तोष प्रदान गर्ने जनाइएकाे छ । यसको विशेष प्राविधिक क्षमताले गर्दा ग्राहकहरुले वरिपरिको वातावरण र घटनालाई आफ्नो स्मार्टफोनमा क्याप्चर गर्न सक्छन् ।

भी २१ म विभिन्न विशेषता रहेका छन् । यसले दोहोरो दृश्य भिडियो खिच्न सक्दछ । जसमा आर्ट फोटोहरु समावेश गर्न सकिन्छ । ७.२९ मिलिमिटर बनोट रहेको यो फोन स्टाइलिस्ट र सोफिस्टिकेटेड समेत छ ।

यो स्मार्टफोन एमटीके डाइमेन्सिटी ८०० यु प्रोसेसर मा चल्दछ भने यसमा ९० हर्जको डिस्प्ले रिफ्रेस रेट रहेको छ । यसमा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ ।

एन्ड्रोइड ११ मा आधारित यो फोन फोरजी र फाइभजी दुवै अप्सनका साथ बजारमा आएको छ । तर नेपालमा भने फाइभजी सुविधाको फोन मात्र उपलब्ध गराइएकाे छ । नेपाली बजारमा याे फाेनकाे मूल्य ४९,९९९ रूपैयाँ ताेकिएकाे छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
२०८३ असार १०, बुधबार
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
२०८३ असार १०, बुधबार
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
२०८३ असार १०, बुधबार
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
२०८३ असार १०, बुधबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १०, बुधबार
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
२०८३ असार १०, बुधबार