असार ४, २०८३ बिहिबार June 18, 2026

सञ्चारमन्त्रीसँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

एआई, क्लाउड कम्प्युटिङ तथा डिजिटल पूर्वाधार विकास लगायतका क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ४ गते । चिनीयाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ ।

मन्त्रालयमा भएको सो भेटवार्तामा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो ।

उहाँले नेपाल सरकारले अघि बढाएको डिजिटल नेपालको अभियानलाई प्रभावकारी बनाउन हुवावे विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

दूरसञ्चार पूर्वाधारको आधुनिकीकरण, स्वच्छ ऊर्जा प्रविधि, आधुनिक डेटा सेन्टर निर्माण, कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ तथा डिजिटल पूर्वाधार विकासमा काम गरिरहेको र यी क्षेत्रमा नेपालसँग दीर्घकालीन सहकार्य गर्न चाहेको उहाँको भनाइ थियो ।

भेटका क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुहुँदै देशभर गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवा विस्तार गर्न लागिएको उल्लेख गर्नुभयो ।

नेपालमा हुवावेले लामो समयदेखि दूरसञ्चार पूर्वाधार निर्माण तथा प्राविधिक सेवा दिँदै आएकामा कम्पनीको सेवा र कार्य सम्पादनमाथि कुनै प्रश्न उठ्ने अवस्था आउन नहुने उहाँले  बताउनुभयो ।

काममा कुनै समस्या वा कमजोरी देखिए त्यसलाई तत्काल समाधान गर्न तथा पारदर्शिता र कार्यकुशलतालाई उच्च प्राथमिकतामा राखेर काम गर्न मन्त्री डा. तिमिल्सिनाले आग्रह गर्नुभयो ।“नेपालमा हुवावेले गरेको काम र सेवामाथि कुनै प्रश्न उठ्नु हुँदैन । यदि कतै समस्या देखिन्छ भने त्यसलाई तत्काल समाधान गर्नुपर्छ । पारदर्शी, जिम्मेवार र सेवा प्रवाहमा कुनै समस्या नदेखिनेगरी काम गर्नुहोला,” उहाँले भन्नुभयो ।

नेपाल टेलिकममा हुवावेको प्राविधिक सहयोग रहेको सन्दर्भमा उपभोक्ताबाट आउने गुनासो समाधानका लागि दुवै पक्षले समन्वयात्मक रूपमा काम गर्नुपर्ने मन्त्री डा. तिमिल्सिनाले बताउनुभयो ।“नेपाल टेलिकमको सेवाबारे नागरिकका धेरै गुनासा आइरहेका छन् । यदि प्राविधिक वा अन्य कुनै समस्या छन् भने टेलिकम र हुवावे समन्वयात्मक रूपमा तत्काल समाधान गर्नुपर्छ । नागरिकले गुणस्तरीय सेवा पाउने विषयमा सबै गम्भिर हुन जरुरी छ,” उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकका आकाङ्क्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देउवा पक्षको लुम्बिनीस्तरीय भेला स्थगित
२०८३ असार ४, बिहिबार
वासिङ्टन र तेहरानबिचको एमओयूको सार्वजनिक
२०८३ असार ४, बिहिबार
‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा.भट्टराईसँग छलफल
२०८३ असार ४, बिहिबार
आगामी वर्ष १२ रणनीतिक प्रसारण लाइन निर्माण गर्ने लक्ष्य : ऊर्जामन्त्री
२०८३ असार ४, बिहिबार
पासपोर्ट छपाइ विवादः आरजु राणालाई तीन दिनभित्र उपस्थित हुन अख्तियारको निर्देशन
२०८३ असार ४, बिहिबार
चिया निर्यातमा देखिएको समस्या समाधान गर्न नारायणकाजी श्रेष्ठको सरकारसँग आग्रह
२०८३ असार ४, बिहिबार
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
२०८३ असार ४, बिहिबार