श्रावण ३, २०८२ शनिबार July 19, 2025

स्थायी र केन्द्रीय कमिटीकाे बैठक बाेलाउने माओबादीको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले स्थायी र केन्द्रीय कमिटीकाे बैठक बाेलाउने निर्णय गरेको छ । बुधबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार आजको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठले दिएको जानकारी अनुसार साउन १७ गते स्थायी कमिटी र साउन २० गते केन्द्रीय कमिटी बैठक बिहान ११ बजेदेखि बस्नेछ । साथै आजको बैठकले असंवैधानिक अलोकतान्त्रिक प्रवृति राेक्न पार्टी सफल भएको निष्कर्षसमेत निकालेकाे छ ।

त्यस्तै आजको बैठकले माओवादीका नेता नरबहादुर कर्मचार्यको स्मृति दिवस साउन ९ गते पेरिसडाँडामा बिहान ९ बजे कार्यक्रमको आयोजना गरेर मनाउने निर्णयसमेत गरेको छ । तर बुधबारकाे बैठकमा सरकारमा थप सदस्य पठाउनेबारे छलफल नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया