काठमाण्डौंः नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले सरकारमा जाने तीनजना मन्त्रीको टुङ्गो लगाएको छ । नयाँ सरकार गठन भएको झण्डै डेढ महिना वितिसक्दा समेत सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा र पार्टीका तर्फबाट मन्त्री हुनेको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।
बिहीबार बसेको माओवादीको बैठकले सरकारमा जाने थप तीनजना सांसदको नाम सिफारिस गरेको हो । कास्कीका रामजी बराल, स्याङ्जाका दीपक चर्तीमगर र बागलुङका चन्द्रबहादुर बुढालाई मन्त्री बनाउन माओवादीले सिफारिस गरेको हो ।
मन्त्री बन्ने तीन जनाको नाम सिफरिस गरिएको माओवादीका सांसद दिपक कोइरालाले जानकारी दिए । सांसद कोइरालाकाअनुसार अर्थ रामजी बराल, वन तथा वातावरण मन्त्रालय दीपक चर्तीमगर र कृषि मन्त्रालय चन्द्रबहादुर बुढाले सम्हाल्नेछन् ।
उनीहरूको शपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको छ । माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा गइसकेकी छन् । काँग्रेस र माओवादीले अर्थ र भौतिक तथा योजना मन्त्रालय आ–आफ्नो पार्टीले पाउनुपर्ने दावी गर्दै आएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया