श्रावण १, २०८२ बिहिबार July 17, 2025

उच्च क्षेत्रमा पहिलो पटक च्याउखेती शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरी रसुवामा पहिलोपटक परीक्षण गरिएको च्याउखेतीले सफलता दिएसँगै व्यावसायिक उत्पादन शुरू भएको छ । स्थानीय बासिन्दाकासाथै लाङ्टाङ एवं तामाङ सम्पदा मार्गको पर्यटकीय क्षेत्रमा समेत निरन्तर आपूर्ति गर्ने लक्ष्यका साथ प्रथमपटक ५० वटा थैलोमा च्याउको बिजारोपण गरिएको हो ।

रोपणका लागि अन्य ४०० थैलो तयार पार्ने काम भइरहेको छ । च्याउ खानका लागि एकदेखि डेढ महिनासम्ममा तयार हुने कृषि प्राविधिकले बताएका छन् । परम्परागतरूपले उपभोग गर्दै आएका जङ्गली च्याउ लोप हुँदै गएको अवस्थामा घरेलु च्याउले माग आपूर्तिमा सहज ल्याउने अपेक्षा गरिएको छ ।

समुद्र सहतदेखि एक हजार ९०० मिटर उचाइ धुञ्चेगाउँ र इमरूङबीच बुद्ध स्तूपको माथिल्ला भागमा उत्पादन कार्य अगाडि बढेको हो । एपिएग्रो नामक व्यावसायिक फार्ममार्फत च्याउखेती शुरू भएको छ । सो फार्मले मासुका लागि कुखुरापालन, ताजा अण्डा उत्पादनका साथै तरकारी खेतीजस्ता विविध उत्पादनमूलक कार्यका लागि पूर्वाधार निर्माण गरी रोपण तथा व्यवस्थापनको काम अगाडि बढाइसकेको छ ।

फार्मका प्रबन्ध सञ्चालक प्रमोदकुमार तितुङका अनुसार कृषि प्राविधिकको परामर्शमा किसानलाई व्यवसायको नमूना देखाई आयआर्जनको जागरणमा सहयोग पुर्याउने अभिप्रायले नमूना कृषि फार्मका रूपमा विकसित गर्न लागिएको हो ।

पूर्वाधार निर्माणका लागि खर्च भएको रु ८५ लाखमध्ये कृषि ज्ञान केन्द्रले रु २५ लाख अनुदान सहयोग प्रदान गरेको छ । फार्मभित्र खसी तथा बोकापालन गर्ने गृहकार्यसमेत अगाडि बढिरहेको राससले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार