श्रावण ३, २०८२ शनिबार July 19, 2025

अन्ततः एमाले उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। रावलले आज सिहंदरबारमा सभामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए। आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन्।

राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया