असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री देउवाबीच दुईघण्टा भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सपथ ग्रहणपछि देउवाको शुक्रवार शितलनिवासमा राष्ट्रपति भण्डारीसंग पहिलो पटक औपचारिक भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारीविरुद्ध पाँच दलिय गठवन्धनले महाअभियोग लगाउने चर्चा चलिरहेको बेला प्रधानमन्त्री देउवाको भण्डारीसंग अकस्मात भेट भएको हो । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट भएको जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार नै राष्ट्रपति भण्डारीसँग २ घण्टा लामो छलफल गरेका थिए । त्यसैदिन प्रधानमन्त्री देउवाले पनि भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया