श्रावण ३, २०८२ शनिबार July 19, 2025

महन्त ठाकुरद्धारा निर्वाचन आयोग र उपेन्द्र यादव विरुद्ध सर्वोच्चमा रिट निवेदन (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग र उपेन्द्र यादवविरुद्ध सर्वोच्चमा रिट निवेदन हालेका छन् । जसपाको विवादलाई लिएर अध्यक्ष ठाकुर सर्वोच्च पुगेका हुन्।

अध्यक्ष ठाकुरले वारेस अधिबक्ता प्रदीप कुमार पाठकमार्फत निर्वाचन आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाइ सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।

जसपामा ठाकुर र यादव पक्षबीच आधिकारिकता विवाद उत्सर्कमा पुगेको बेला दुवै पक्षले आफ्नो पक्षमा बहुमत भएको दावी गरेका छन् । जसमा आयोगले सक्कली प्रमाण मागेको थियो।

जसअनुसार दुवै पक्षबाट दावी पेश हुँदा ठाकुर पक्षको दावीलाई आयोगले अस्वीकार गरेको थियो । आयोगको सोही निर्णयलाई चुनौती दिँदै ठाकुर सर्वोच्च पुगेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया