श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेपाल-बङ्गलादेश व्यापार: आयात बढी निर्यात कम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७७-०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान रु ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने रु सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्माले एक वर्षमा मात्र नेपाल–बङ्गलादेश व्यापार घाटा रु. छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार भएको बताउनुभयो । उहाँले प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बङ्गलादेशी सामानको आयात बढ्दै गइरहेको कारण व्यापार घाटा बढेको बताउनुभयो ।

उहाँका अनुसार आव २०७६-०७७ मा रु ९५ करोड ४१ लाख ७५ हजारको सामान आयात हुँदा रु चार अर्ब ९५ करोड ३४ लाख ८६ हजारको नेपाली उत्पादन निर्यात भएको थियो । व्यापार घाटा रु तीन अर्ब ९९ करोड ९३ लाख ११ हजार भएको भन्सारको तथ्याङ्कले देखाएको छ । आव २०७१-०७२ सम्म आयातका तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री बढी निर्यात हुने गरेको थियो तर बङ्गलादेश सरकारले भन्सार दररेट बढाएसँगै नेपालबाट मुसुरो दाल, जडीबुटी, अदुवालगायतका सामग्रीको निर्यात कम भएसँगै आयात बढेको उहाँको भनाइ छ ।

नेपालबाट बङ्गलादेशमा दाल, अदुवा, चिराइतो, जडीबुटी, तिलको पिनालगायत निर्यात हुँदै आएको छ भने बङ्गलादेशबाट, जुट, आलु, प्लाष्टिकजन्य सामग्री, वासिङ मेशिन, औषधि, भटमासको दाना र पिना, मेशिनरी सामग्री, ब्याट्री, तयारी कपडा, टिस्युपेपरलगायत आयात हुने गरेको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

मेची भन्सार कार्यालय हुँदै भारतको पानीट्याङ्की–फूलबारीबाट बङ्गलादेशको बङ्गलाबन्धबाट व्यापार हुँदै आएको छ । भारतले फूलबारी–बङ्गलाबन्ध नाका नेपाल–बङ्गलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको ‘ट्रान्जिट’ हो । पूर्वी नाका काँकडभिट्टाबाट करिब ८० किलोमिटरको दूरीमा बङ्गलादेश रहेको छ ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले नेपालका कृषिजन्य वस्तुमा बङ्गलादेशले बढी लगाएको करको विषयमा नेपाल सरकारले नै पहल गरेर घटाउनुपर्ने बताउनुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार